रुपाताल छेउमा सिस्टेनी मेला

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७९
Sisteni Meela

पोखरा  । कास्की रुपाताल छेउमा ‘सिस्टेनी मेला’ हुने भएको छ । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले मेला गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

रुपाताल खोलाको छेउमा परापूर्व कालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना हुन लागेको हो । पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखि लाग्दै आएको मेलालाई ब्युँताउन सुरु गर्न लागिएको बताए । २०७४ सालमा पहिलो संस्करण भइसकेको मेला कोरोनाका कारण रोकिएको उनले सुनाए ।

‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा २ दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे,’ अध्यक्ष गुरुङ भने, ‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’

मेलाकै अवसरमा साविक वडास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता हुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङ्जालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उनले जनाए ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार स्वरुप ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई ५ हजार रुपैंयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सिर्विस गर्नेलाई ट्रफी र जर्सी पुरस्कार दिइने परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले बताए ।

भलिबल टिम दर्ता २०७९ चैत १४ देखि १५ गतेसम्म गरिसक्नु पर्नेछ । साथै टिम दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्नेछ । छेलो प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार रहेको छ भने दर्ता शुल्क २ सय ५० छ । भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले छ भने दर्ता शुल्क १ सय राखिएको छ । यस्तै रस्साकस्सी प्रतियोगितामा प्रथमले ५ हजार रुपैंयाँ र प्रमाणपत्र पुरस्कार पाउँनेछ । जसका लागि दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ भने टिममा ५ जना महिलासहित १२ जना हुनुपर्नेछ ।

मेला सम्पन्न गर्न ३ लाख ९९ हजार रुपैंयाँ खर्च हुने र २ लाख २५ हजार रुपैंयाँ बचत हुने अनुमान गरिएको अर्थ संकल समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताए । मेलामा लाग्ने उक्त खर्च विभिन्न प्रायोजक संस्था र व्यक्तिबाट सहयोग संकलन गरी जुटाइनेछ । मेलामा सहभागी हुने दर्शकहरुको लागि स्थानीय कलाकारहरुबाट विभिन्न मनोरञ्जनमूलक कार्यक्रम गरिने मेला आयोजक मूल समितिको संयोजक क्याप्टेन बुद्धिबहादुर गुरुङले बताए ।

मेलाको आयोजक शान्ति रुपा बराहथोक तमु युवा परिवार रहेको छ भने शान्ति रुपा बहारथोक तमु समाज, शान्ति रुपमा आमा समूह, रुपा युवा क्लब, नौलो तारा क्लबले सहआयोजकको भूमिका निभाउनेछन् । शान्ति रुपमा बराहथोक तमु सजमाका अध्यक्ष क्याटेन बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा परिवारका अध्यक्ष फसेलबहादुर गुरुङ, शान्ति रुपा बराहथोक आमा समूहका अध्यक्ष बेलकुमारी गुरुङ, समाजसेवी भेजबहादुर गुरुङ र योगेन्द्र गुरुङको सभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री…
  • भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    लमजुङ । भ्रष्टाचार बढार्न सांकेतिकस्वरुप बास नेपालले लमजुङका प्रमुख जिल्ला अधिकारीलाई कुचोसहितको ज्ञापनपत्र बुझाएको छ । नवआगन्तुक प्रजिअ रामकृष्ण अधिकारीलाई जिल्लामा…
  • हिमालबाट ३५ टन फोहोर निकाल्ने लक्ष्य

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरिएको छ ।…
  • कार्यकारी अधिकार खोज्दै समन्वय समिति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । केही समयअघि देशैभरका जिसस प्रमुख र उपप्रमुख भेला भएर पोखराबाट एकै स्वरमा भने, ‘यही हालतबाट जिसस चलाउनुभन्दा खारेज…
  • गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका…

hero news full width