भजन चुड्कासँगै धार्मिक ज्ञान पान

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७९
Mahayagya

पोखरा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालद्वारा प्रदर्शनी केन्द्र नयाँबजार पोखरामा आयोजित बृहत् ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुको भीड बढ्दो छ । महायज्ञसँगै भजन महोत्सव तथा राष्ट्रव्यापी भजन चुड्का प्रतियोगितासमेत भएकोले दर्शकहरुको सहभागिता बढ्दै गएको हो । लोक भजन समूहको झाँकीसहितको प्रस्तुतिले कार्यक्रमको आकर्षण बढाएको छ ।

महायज्ञमा विशिष्ट आध्यात्मिक व्याख्याता चैतन्य कृष्णले भागवत् प्रवचन गर्दै आएका छन् । प्रवचन प्रस्तुत गर्दै उनले गीताले कर्मदेखि भाग्न होइन जाग्न सिकाएको बताए । साथै उनले वैदिक सनातन धर्म विज्ञानको कसौटीमा सर्वश्रेष्ठ धर्म भएको उल्लेख गरे ।

शुभकामना मन्तव्य राख्दै पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पुण्यकार्यमा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।

भजन चुड्का प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेश गरी २८ समूहको सहभागिता रहेको छ । महोत्सवमा दैनिक ४ समूहको प्रस्तुति रहने निर्णायक समितिका संयोजक डा.तुलसी प्रभासले जानकारी दिए ।

लोप हुन लागेकोे भजन चुड्काको संरक्षण गर्न तथा प्रतिष्ठानको भवन निर्माणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष तथा महोत्सव समितिका संयोजक प्रजापति पराजुलीले बताए ।

कार्यक्रमको सञ्चालन कलाकार नेत्रपाणि बास्तोलाले गरेका थिए । फागुन २५ गतेदेखि सुरु भएको महोत्सव चैत २ गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width