एक्सपर्टको शैक्षिक परामर्श चैतमा

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७९
Expert Education Pokhara Photo

पोखरा । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई पोखराको एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले शैक्षिक परामर्श दिने भएको छ ।

मार्च १६ अर्थात् चैत २ गते एक्सपर्टले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्टे«लिया, न्युजिल्यान्ड, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । ‘विगत २ वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमको आयोजना गर्न सम्भव भएन । सो समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श गरिएको थियो । अहिले प्रत्यक्ष रुपमा नै आयोजना गर्न लागेका हौं,’ उनले भने ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिद्धार्थचोकस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडिम्सन डेमा सहभागीलाई फुड भौचर, मुभी भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी दिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आएल्स, पिटिई क्लासमा समेत छुट दिइने उनले स्पष्ट पारे ।

उनले एक्सपर्टले विगत २ दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाइमा पर्ने गरेको उल्लेख गरे । उनकाअनुसार एक्सपर्टले नेपालका प्रमुख १६ सहरमा शाखा सञ्चालनमा ल्याएको छ । यस्तै विश्वका १९ देशका ५० भन्दा बढी सहरमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई विश्वसनीय जानकारीहरु प्रदान गर्ने उद्देश्यले एक्सपर्टले विगतका वर्षहरुमा झैं यस वर्ष पनि नेपालका सहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, बिर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे को आयोजना गरिने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…

hero news full width