एलजी एकतालाई शीतलज्योति कप

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७९
Sital Joti Club News 27 final (2)

पोखरा । एलजी एकताले शीतल ज्योतिकप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अमरसिंह चौरको खेल मैदानमा शनिबार फाइनलमा रत्न सेवा समाजको टिमलाई सडेन डेथमा पराजित गर्दै उसले उपाधिसहित १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

उपविजेताले रत्न सेवाले ८५ हजार ५ सय ५५ रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्‍यो । निर्धारित ५० मिनेट र अतिरिक्त १० मिनेटमा समेत गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवैतर्फ ३/३ गोल भएकोमा सडन डेथमा (७–६ गोलअन्तर) नतिजा निस्केको हो ।

प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उनले माउन्टेन वाइक पुरस्कार पाए । इलाइट फुटबल क्लब अनुशासित टिम घोषित हुँदै ८ हजार पुरस्कार प्राप्त ग¥यो ।

उत्कृष्ट गोलरक्षक रत्न सेवा समाजका विश्वास पौडेल, डिफेन्डर एलजीका प्रिन्स तुलाचन, मिडफिल्डर समाजका नकुल तामाङ, सर्वाधिक गोलकर्ता तारा मनिश थापामगर (६ गोल) घोषित भए । उत्कृष्ट प्रशिक्षक समाजका खिम छन्त्याल घोषित भए ।

विधागत उत्कृष्टलाई जनही ५ हजार साथमा ट्रफी पुरस्कार प्रदान गरिएको क्लब सचिव पूर्ण गुरुङले बताए ।

विजयीलाई नेपाल सेभेन ए साइड फुटबल महासंघ अध्यक्ष नवीन पुन, प्रतियोगिता संयोजक सन्तोष गुरुङ, क्लब अध्यक्ष नरप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कलाकार बुद्विप्रसाद गुरूङ (गौरी) लाई सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याएकोमा क्लबले उक्त अवसरमा सम्मान गरेको छ । साथै पूर्व खेलाडी एवं प्रशिक्षक हरि खड्कालाई पनि खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो । २० गतेदेखि सुरु प्रतियोगितामा २९ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा वडास्तरमा खेलकुद

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । चैते दसैं अवसरमा पोखरा महानगरपालिका वडा ८ ले वडाध्यक्ष कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेको छ । स्वस्थ्यसँगसँगै खेलकुदमार्फत…
  • प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । गण्डकी प्रदेश सरकारले नेपाललाई यु–१९ विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पुर्‍याउन सफल प्रदेशका ४ जना…
  • वडाध्यक्ष कप व्याडमिन्टन

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा ८ को आयोजना र युनिक व्याडमिन्टन क्लबको संयोजनमा मंगलबारदेखि वडा ८ स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु…
  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…

hero news full width