पोखरा । पोखरा भजन चुड्का प्रतिष्ठानको आयोजनामा शनिबार कृष्णप्रसाद गौतम एकल साँझ २०७९ भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा कलाकार गौतमले एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । रोइला, सालैजो, भजन लगायत गीत प्रस्तुत गर्दा दर्शक स्रोता उनीसँगै नाच्ने गाउने गरेका थिए । कलाकार अञ्जु रसाइली र रामचन्द्र ढकालले गौतमलाई साथ दिएका थिए । पोखरा २८, काफलघारी मूलथलो भएका गौतम आयोजक प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।
गायक गौतमको २०६६ सालमा पहिलो गीति एल्बम प्रकाशन भएको थियो । पापी संसारबाट सुरु भएको उनको गायन यात्रा, ५ वटा उपन्यास, ४६ वटा भजन, ५८ वटा गीत गरी १ सय ४ वटा गीत बजारमा सार्वजनिक भएका छन् । देवीदेवताको गुणगानमा आधारित भएर गाइने बालन नाचको परम्परा धेरै पुरानो हो । विशेषतः ब्राहृमण–क्षत्री समुदायमा बालन गायन र त्यसको लयसँगै नाच्ने परम्परा रही आएको छ । पश्चिमी संस्कृतिको प्रभावसँगै यति बेला बालन गाउने र नाच्ने चलनमा कमी आई नाच नै लोप हुने अवस्थामा पुगेको अवस्थामा यो कार्यक्रम भएको हो ।
पछिल्ला दशकमा नेपाली गीतसंगीत, धर्म र संस्कृतिमाथि विभिन्न कोणबाट प्रहार भएको अवस्थामा बालनको संरक्षण एवं प्रवद्र्धनका लागि अभियान चलाउन एकल साँझ आयोजना गरिएको कार्यक्रमका संयोजक एवं प्रतिष्ठान उपाध्यक्ष रुद्रप्रसाद आर्यालले जानकारी दिए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । अन्य कलाकारले पनि सो अवसरमा गीत गाएका थिए ।
कार्यक्रममा विश्व हिन्दू परिषद्का महासचिव जितेन्द्र सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पोखरा प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भएको कार्यक्रमलाई ओमहरि एग्रो फर्मले प्रायोजन गरेको थियो । अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान कार्यक्रमको सहआयोजक हो ।
Related News
सम्बन्धित समाचार
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
लेखनाथमा धिमे बाजा प्रशिक्षण
मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहार उदघाटन
शीतलादेवी मन्दिर अध्यक्षमा मिनकाजी
रत्न मन्दिर हेर्न पुगे मुख्यमन्त्री पाण्डे, जेठ १५ देखि सर्वसाधारणका लागि खुला
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०