मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७९
Ukhan Film Photo

पोखरा । नेपाली र मगर भाषामा निर्मित कथानक चलचित्र ‘उखान’ आगामी चैतमा पोखरामा प्रदर्शन हुने भएको छ ।

फिल्म युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै फिल्म २५ चैतमा पोखरा १० स्थित भमरकोट पार्टी प्यालेसमा प्रदर्शन गरिने जनाएको हो । त्यसअघि १८ चैतमा काठमाडौंमा प्रदर्शन हुनेछ ।
निर्माता मेकबहादुर आलेले हराउँदै गएको मगर समुदायको भाषा र संस्कृतिलाई समेटेर फिल्म बनाएको बताए । उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्ने समेत जानकारी गराए ।

निर्देशक प्रकाशकुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुवात भएको बताए । चलचित्रमा कलाकार खड्गबहादुर पुन (खबपु), प्रकाशकुमार दर्लामी, रीमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलविक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय छ ।

एक्सन फिल्मसको ब्यानरमा निर्मित चलचित्रको सहनिर्देशक न्युसन दर्लामी मगर, टेकबहादुर अस्तानी र देवकुमार दर्लामी छतन् । दीपक परियार र प्रकाशकुमार दर्लामीको संगीत छ ।

Related News

सम्बन्धित समाचार

  • घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा…
  • प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा

    आदर्श समाज सम्वाददाता माघ १५, २०७९
    पोखरा । माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्यारीकी प्यारी’ टोली प्रमोसनका लागि पोखरा आएको छ । राजधानी बाहिर…
  • फिल्म ‘तिम्रो मेरो साथ’ प्रचारमा

    आदर्श समाज सम्वाददाता पौष १२, २०७९
    पोखरा। नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखरादेखि सुरु भएको छ । २९ पुषदेखि हल छिर्न लागेको फिल्म प्रचारका…
  • अभिनेता ओवराय आव्या क्लबमा

    आदर्श समाज सम्वाददाता पौष ४, २०७९
    पोखरा । पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका भारतीय अभिनेता विवेक ओवराय सहितको परिवारको टोली आव्या क्लब पुगेको छ । क्लब…
  • गुरुङ फिल्म ‘एउटा चित्र’

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०७९
    पोखरा । फिल्म ‘एउटा चित्र’ को सोमबार फस्ट लुक र टिजर सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ कास्कीले आयोजना…

hero news full width