अनिशलाई क्रस कन्ट्री दौडको उपाधि

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७९
cross country daud news winner

पोखरा । साविक विजेता भारतीय सेनाका अनिश थापामगरले तेस्रो संस्करणको सातसय कोल्मा बहाकोट क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि जितेका छन् ।
सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनाले आयोजना गरेको प्रतियोगितामा फलेबास २ थापाठाना पर्वतका अनिशले निर्धारित २० किमी दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उनले ३५ हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

नेपाली सेनाका खेबराज बस्नेत दोस्रो र सेनाकै सुवास कार्की तेस्रो भए । उनीहरुले क्रमशः २५ हजार र १५ हजार प्राप्त गरे ।
२१ वर्षमुनिको १० किमी पुरुष दौडमा सिरानचोक २, हर्मी गोरखाका सन्दीप ढकालले हात पारे । उनले निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उनले १५ हजार प्राप्त गरे ।

गोरखाकै दिनेश बोगटी दोस्रो हुँदै १० हजार र रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगर तेस्रो हुँदै ७ हजार प्राप्त गरे । १० उत्कृष्टभित्र पर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने । १० किलो मिटर दौड पार गर्ने २ महिला धावक पनि सम्मानित भए ।

विजेतालाई अन्तर्राष्ट्रिय अल्ट्राधावक मीरा राई, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, सातसय कोल्मा सम्पर्क मञ्च अध्यक्ष जीतबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ मूलनाराका साथ भएको प्रतियोगितामा धावकका लागि कोल्मादेखि दौड सुरु गरी राङभाङ, काहुले, डाँडास्वाँरा, नाम्चे, काल्खु, कोल्मासम्म २ रुट तय गरिएको थियो ।

२०७५ बाट सुरु गरिएको प्रतियोगिता गएको २ वर्ष कोरोना महामारीले रोकिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा वडास्तरमा खेलकुद

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । चैते दसैं अवसरमा पोखरा महानगरपालिका वडा ८ ले वडाध्यक्ष कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेको छ । स्वस्थ्यसँगसँगै खेलकुदमार्फत…
  • प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । गण्डकी प्रदेश सरकारले नेपाललाई यु–१९ विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पुर्‍याउन सफल प्रदेशका ४ जना…
  • वडाध्यक्ष कप व्याडमिन्टन

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा ८ को आयोजना र युनिक व्याडमिन्टन क्लबको संयोजनमा मंगलबारदेखि वडा ८ स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु…
  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…

hero news full width