पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : रात्रिकालीनसँगै भद्रपुर उडान सुरुवात

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७९
Night Flight Photo 1

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालिन उडासँगै भद्रपुर उडान सुरुवात गरेको छ । बिहीबार राति नै झापाको भद्रपुरबाट बुद्धको जहाज पोखरा आएको थियो ।
जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका थिए । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । बुधबार राती उडान भएसँगै आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य भएको विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।

वुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देशका विभिन्न चार गन्तव्यबाट बिहीबार ९ मार्चदेखि रात्रिकालीन उडान सुरु गरेको हो । काठमाडौं, भद्रपुर, भैरहवा तथा नेपालगञ्जबाट रात्रिकालिन उडान भइहेको वुद्ध एयरका प्रवक्ता दीपेन्द्र कणले बताए । वुद्ध एयरसँगै यसअघि शौर्य एयरलायन्सले रात्रिकालीन उडान गरेको थियो । एयरलायन्सका एटीआर–७२ जहाज तथा एटीआर–४२ जहाजबाट उडान हुनेछ । ‘रात्रीकालिन उडानको समय काठमाडौं–पोखरा १९ः३५ बजे, पोखरा–काठमाडौं १७ः३० भद्रपुर–पोखरा १८ः५५ नेपालगञ्ज–पोखरा १९ः३० भैरहवा–पोखरा १९ः२५ सुरु भएको हो । यी चारै गन्तव्यका जहाजहरु रात्री विसान पोखरामै हुन्छ । भोलिपल्ट विहानै ती जहाजहरुबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुरको उडान भर्नेछन्,’ कर्णले भने ।

शुक्रबार बिहान मात्र पोखरादेखि भद्रपुरसम्म निजी क्षेत्रको बुद्ध एयरले सीधा हवाई उडान सुरु गरेको छ । ‘बिहीबार बेलुका नै वुद्ध एयरलायन्सको विमान भद्रपुरबाट पोखरा अवतरण गरेको थियो । शुक्रबार उक्त विमानले पोखरादेखि भद्रपुरसम्मको उडान सफलताका साथ अवतरण गरेको छ,’ प्रमुख गौतमले भने । एयरलायन्सले पोखरा भद्रपुर उडान गर्न शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीलाई लिएर पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

  • महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले

    धनबहादुर गुरुङ चैत्र १७, २०७९
    पोखरा । महावीर पुनले गत २१ कात्तिकमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा…
  • भीरकोटको सिसौघारी बन्यो नमूना पार्क

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    स्याङ्जा । भीरकोट नगरपालिका ४ स्थित सिसौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आकर्षणको केन्द्र बनेको छ । बालक, युवा, प्रौढदेखि…
  • गण्डकीको बजेट : ८ महिनामा २५ प्रतिशत खर्च

    धनबहादुर गुरुङ चैत्र १६, २०७९
    पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गर्‍यो…
  • नेलम्बोको शिशु स्याहार परियोजना

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    हेमजा । नेलम्बो नेपालले शिशु स्याहार परामर्श तथा विकास परियोजना सुरु गरेको छ । परियोजना शुभारम्भ गर्दै पोखरा ४ का…
  • फोटोग्राफर पुगे कोरोला नाका

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । पोखरा फोटोग्राफर संघको टोली चारदिने अवलोकन भ्रमण पूरा गरेर पोखरा फर्किएको छ । संघमा आबद्ध फोटोग्राफर सम्मिलित भ्रमण…

hero news full width