दर्शक रोजाइमा तनहुँकी उषा

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७९
usha bhandari

अवार्डसहित उषा भण्डारी । तस्बिरः सुदर्शन रञ्जित

पोखरा। भलिबल खेलाडी उषा भण्डारीले ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा अवार्ड जितेकी छिन् ।

काठमाडौंमा मंगलबार आयोजित अवार्ड वितरण समारोहमा उनले प्रतिस्पर्धामा रहेका अन्य ४ जनालाई पछि पार्दै दर्शकको पहिलो रोजाइ बनेकी हुन् ।

गण्डकी प्रदेश अन्तर्गत तनहुँकी उषा नेपाली महिला राष्ट्रिय भलिबल टोली सदस्य हुन् । उनी काठमाडौंमा पढ्छिन् ।

सो विधामा उनीसँगै फुलबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामा थिए । भोटमार्फत विजेता घोषणा गरिएकोमा उषाले सर्वाधिक भोट प्राप्त गरेकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी फुटबलका अन्जन विष्ट थिए ।

१३औं दक्षिण एसियाली खेलकुदमा महिला टोलीमा डेब्यु गरेकी उषा टोलीको महत्वपूर्ण सदस्य हुन् । नेपाल पुलिसबाट विभिन्न प्रतियोगिता खेल्ने उनी सेन्ट्रल जोनको उपाधि नेपालले जित्दा पनि टोलीकी सदस्य थिइन् ।

पिपल्स च्वाइस अवार्डमा सबैभन्दा पहिलो २०६५ सालमा पोखराकी भलिबल खेलाडी मञ्जु गुरुङले उपाधि जितेकी थिइन् । त्यसयता, भलिबलटबाटै सिपोरा गुरुङ, सरस्वती चौधरी, रेश्मा भण्डारीले र अरुणा शाहीले सो उपाधि जितेका छन् ।

काठमाडौंमै हुर्की बढेकी उषा गत साता भोट माग्दै पोखरा आएकी थिइन् । उनलाई भलिबल संघ लगायत विभिन्न संघसंस्था एवं व्यक्ति विशेषले नगद सहयोग गरेका थिए । उनलाई जिताउन कप्तान अरुणा शाही लगायत दिनरात लागिपरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width