२ सय जनाको प्रयोगशाला जाँच

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७९
urls

पोखरा । लायन्स क्लब अफ तनहुँ र लिओ क्लब अफ तनहुँको आयोजना भएको शिविरमा २ सय ११ जनाको सित्तैमा सुगर, थाइराइड तथा हर्माेन रोगसम्बन्धी रगत जाँच गरिएको छ ।

युआरएल दमौलीको प्राविधिक सहयोगमा भएको कार्यक्रमाम वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. रमेशराज आचार्यले रोग लाग्नुअघि नै बेला बेलामा जाँच गर्नुपर्ने र लागि हालेमा समयमै जाँच गरी स्वास्थ्य लाभ गर्नुपर्नेमा जोड दिए । सुगर, थाइराइड, हर्माेन जस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएकाले जीवनशैली, खानपान र सचेतना बढाउनुपर्नेमा उनले जोड दिए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाले प्रदेशभरि नै गुणस्तरीय ल्याब सेवा सजिलै प्रदान गर्ने लक्ष्य लिएको सुनाए । सामाजिक उत्तरदायित्व र सचेतना बढाउँदै नागरिकलाई स्वस्थ बनाउने दायित्वसँगै व्यवसायलाई अघि बढाइरहेको उनको भनाइ छ ।

कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, तनहुँका प्रहरी प्रमुख अवदेश विष्ट, रिजनल चेयर पर्सन राजकुमार श्रेष्ठलगायतले बोलेका थिए । सहभागीलाई मंगलबार बिहान ११ बजेदेखि रिपोर्ट हेरेर विशेषज्ञले निशुल्क परामर्श दिने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width