पोखरा । लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो ।
खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिए ।
पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उनले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ¬्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२÷२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उनले बताए ।
वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताए । ‘खुला चिडिायाखनासँगै यस क्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलको पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने धेरै सम्भावना छन् ।’
सीता गुफा राम्रै पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि यसको संरक्षणसँगै प्रचार–प्रसार हुन नसकेको उहाँको भनाइ छ । धार्मिक महत्वको बज्रमुष्ठी मन्दिरसँगै देवनाथ बाबाले सिद्धिप्राप्त गरेको भुशनपुरको थाप्लोलाई पनि संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको ढकालले बताए । स्थानीयले यसै क्षेत्रमा प्राचीनकालदेखि रहेको प्राकृतिक तोरी पोल्ने कोललाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिंदै आएका छन् ।
यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच २०६७ देखि सुरु भएको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवं अभियन्ता हिमालय बख्रेल बताउँछन् । क्लबको पहल एवं स्थानीयवासीको सक्रियतामा यसको निर्माणकार्य अघि बढी सञ्चालनको अवस्थासम्म आउनु आफैंमा महत्वपूर्ण रहेको उनले बताए । चिडियाखानाको २०७२ सालमा तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए ।
युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याइएको उनले जानकारी दिए । केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा ४ सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् ।
केन्द्रको पूर्वी भाग रुपातालसँग जोडिएको हुँदा यसको निर्माणसँगै रुपातालको पनि संरक्षण हुने स्थानीयको विश्वास छ । पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैयामा निर्मित प्राणी उद्यान केन्द्र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको चापापानी चिसाकुना सामुदायिक वनका उपाध्यक्ष निर्मल अधिकारीले बताए ।
पर्यटक लक्षित गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चापापानीबाट भ्यूटावर र रुपाताल जाने पदमार्ग १५/१५ लाखको लागतमा निर्माण गरिएको छ । केन्द्र सञ्चालनका लागि अघिल्लो वर्ष प्रदेश सरकारबाट १ करोड ५० लाख छुट्याइएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए । उनका अनुसार उक्त रकमबाट पदमार्गसँगै केन्द्र जाने लिङ्करोडका भत्किएका बाटो मर्मत, जनावर राख्ने ‘केज’हरू निर्माण, ‘डाटिङ गन’ खरिद आदि काम गरिएको उनले जानकारी दिए । यस वर्ष केन्द्रका लागि ४० लाख विनियोजन गरिएको छ । केन्द्रको सञ्चालनका लागि एक जना व्यवस्थापकसहित ३ सहयोगी कर्मचारी राखिएको छ ।
Related News
सम्बन्धित समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०