पोखरा। पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन् । छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरुपा माविबीच उपाधि भिडन्त हुने भएको छ ।
सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहीबार छात्रातर्फ पहिलो सेमिफाइनलमा शान्ताले जनप्रियलाई २५–१७, २२–२५ र २५–१७ सेटमा पराजित गरेको हो । कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनलमा कन्या सोझो सेटमा विजयी हुँदै उपाधि नजिक पुगेको हो । जसमा २५–८ र २५–८ सेट निस्केको थियो ।
छात्रतर्फ राष्ट्रिय र जनप्रियबीच पहिलो सेमिफाइनलमा राष्ट्रियले २५–१२ र २५–१९ सेटमा हराएको हो । दोस्रो सेमिफाइनल ब्रम्हरुपा र शान्ता माविबीच भएकोमा ब्रम्हरुपा खेल जित्दै फाइनल पुगेको हो । जसमा २५–२०, १८–२५ र २५–२२ गरी २–१ सेटमा हराएको हो । छात्रतर्फ फाइनल शुक्रबार मध्यान्ह १२ बजे हुनेछ । त्यसअघि छात्रातर्पmको फाइनल तथा तेस्रो स्थानका खेल हुने रेफ्री संयोजक गोपाल थापाले बताए ।
बिहीबार नै छात्रतर्फ प्रिक्वाटरमा जनप्रियले राष्ट्रिय माविलाई २–१ सेटमा हराउँदै मेश्रम वराहसँग चौथो क्वारफाइनल खेलेको हो । जसमा जनप्रियले मेश्रमलाई २–१ सेटमा पराजित गरेको थियो ।
गोगनले सीतारामलाई २–१ सेटमै पाखा लगाउँदै राष्ट्रिय माविको दोस्रो टिमसँग पहिलो क्वारफाइनल सुनिश्चित गरेको थियो । तर राष्ट्रिय माविले गोगनको चुनौती २५–१६, १८–२५ र २५–२२ पन्छाउँदै सेमिफाइनल पुगेको थियो ।
त्यस्तै, प्रिक्वार्टरमै ब्रम्हरुपाले वाराहीलाई सोझो सेटमा हराउँदै भगवतीसँग तेस्रो क्वाटरफाइनल खेलेकोमा सोझो सेटमा जीत निकाल्दै अन्तिम चारमा पुगेको थियो ।
तालवाराहीले शान्तालाई दोस्रो क्वार्टरफाइनलमा २५–१८, २७–२५ मा हराए पनि प्रोटेस्ट परेपछि शान्ता अन्तिम चारमा पुगेको हो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१