पोखरा । साहित्यकार तथा समालोचक विष्णुप्रसाद शर्मालाई यस वर्षको अली मियाँ लोक वाङ्मय पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र रहेको छ ।
लोककवि अली मियाँको १०५ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित अली मियाँ लोकगीत प्रतियोगिता २०७९्/८० को अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शर्मालाई सो पुरस्कार अर्पण गरेका थिए । १९७५ सालमा पोखराको कुँडहरमा जन्मिएका अली मियाँको २०६३ सालमा निधन भएको थियो ।
प्रतिभा छनोट समिति संयोजक लोकचन्द्र खनाल, सदस्यद्वय फणीन्द्र अकिञ्चन र दिलीप गायक रहेको समितिले शर्मालाई पुरस्कारका लागि सिफारिस गरेको थियो । २०३० सालमा पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा जन्मिएका शर्मा हाल पोखरा १७ बिरौटामा बसोबास गर्छन् । नेपाली शिक्षा विषयमा एमफिल तह पूरा गरी हाल विद्यावारिधिको तयारी गरेका शर्मा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयका उपप्राध्यापक पनि हुन् ।
महानगर प्रमुख आचार्यले प्रतिष्ठानद्वारा आयोजित लोक गीत प्रतियोगिताका विजेता र उत्कृष्ट १० सहभागीलाई पुरस्कार पनि प्रदान गरे । प्रतियोगितामा ललिता घर्ती मगरले प्रथम पुरस्कार प्राप्त गरिन् । यसैगरी दिलीपकुमार मानन्धर द्वितीय र निश्चल गुरुङ तृतीय भए । खगेन्द्र परियार र सावित्री शाही ठकुरीले सान्त्वना पुरस्कार पाए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाए । सान्त्वना पुरस्कारस्वरुप १० हजार रुपैयाँ प्रदान गरियो भने उत्कृष्ट १० भित्रका सहभागीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
यही फागुन ६ गतेबाट सुरु भएको प्रतियोगितामा भाग लिएका ५२ जना मध्येबाट उत्कृष्ट १० र ती मध्येबाट विजेताहरु छानिएको हो । कलाकारहरु शान्ति गुरुङ, नवराज बराल, जयकुमार परियार र दिलीप गायक प्रतियोगिताका निर्णायक रहेका थिए । कार्यक्रममा विजेता र उत्कृष्ट १० भित्रका ९ जनाले अलिमियाँद्वारा सिर्जित लोकगीत पनि प्रस्तुत गरेका थिए । प्रतियोगिताका संगीतकर्मी करन तामाङ, रोशन गुरुङ, बुद्ध गायक, कुशन गायक, आर्यन थापा, आकाब बुढामगर तथा प्राविधिक ईश्वर खड्कालाई पनि कार्यक्रममा सम्मान गरियो ।
उक्त अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं आयोजक संस्थाका सचिव पद्मराज ढकाल, रामजी पौडेल र वसुधा खातुनले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहेको थियो । सो अवसरमा महानगर प्रमुख आचार्यले पूर्वाधारहरुको निर्माण मात्र वास्तविक विकास नभएको बताउँदै संगीत साहित्य र संस्कृति पनि विकाससँग जोडिएर आउने विचार राखे । पोखरा भाषा, साहित्य र संस्कृतिको पनि सहर भएको उनले उल्लेख गरे ।
आयोजक संस्थाकी उपाध्यक्ष एवं संगीत नाट्य प्रतिष्ठानकी प्राज्ञ सदस्य हरिदेवी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा डा. भूमिराज बस्ताकोटी, आयोजक संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेल, कलाकार कृष्णप्रसाद गौतम लगायतले भनाइ राखेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको पनि कार्यक्रममा उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
hero news full width
मुख्य समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९