लागु औषधसहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
lagu

पोखरा । कास्की प्रहरीले लागु औषधसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका ६ बस्ने वर्ष ३१ का सुरज नेपाली र तनहुँको शुक्लागण्डकी १० का वर्ष २२ का प्रज्ज्वल राई भन्ने प्रज्ज्वल कुमाल हुन् ।

बुधबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाइडको जरेबरमा उनीहरुलाई सोधपुछ तथा खानतलासी गर्दा सुरजको साथबाट ६ एम्पुल डाइजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुफिन बरामद गरेको हो । यस्तै प्रज्ज्वलको साथबाट ५ एम्पुल डाइजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद गरेको जनाएको छ । साथै उनीहरुको कोठा खानतलासीमा ४५ एम्पुल डाइजापाम, ४८ एम्पुल फेनेरागन, ४८ एम्पुल नुर्फिन, नाइट्रोभ्याट २१ ट्याबलेट सहित १ लाख २६ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागु औषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width