पञ्चासे प्राज्ञ मन्चमा गंगाधर

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७९
panchase

पोखरा । पञ्चासे क्षेत्र वरपर रहेका क्षेत्रको जानकारी समेटिएको पुस्तक पञ्चासे प्राज्ञ मञ्चको मंगलबार विमोचन भएको छ । पञ्चासे प्राज्ञ मञ्चका प्रथम साधारणसभामा पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङले पञ्चासे प्राज्ञ मञ्चका विमोचन गरे ।

उनले भौगोलिक, शैक्षिक, सामाजिक र इतिहासिक काममा प्राज्ञ मञ्च आवश्यक हुने बताए । पोखरा २३ महागनगरको ठस्लो वडा र यसमा अथाह सम्भावना भएका कारण यसको प्रचार प्रसारमा प्राज्ञ मञ्चसहयोगी हुने बताए ।

वडा सदस्य चेतबहादुर क्षेत्रीले पोखरा २३ को विकासका लागि यस्ता पुस्तकहरु आवश्यक हुने बताए । उनले पुस्तकले वडाका विकासका लागि मार्गचित्र बनाउने बताए । कार्यक्रममा सिद्धबराहा माविका प्रधानध्यापक बद्री पराजुलीले यस क्षेत्रका पुराना सम्पदा संरक्षण गर्नुपर्ने विचार राखे ।

पञ्चासे प्राज्ञ मञ्चका अध्यक्ष गंगाधर तिमिल्सिनाले वडाभित्र रहेका प्राकृतिक, जैविक सम्भावनाको खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताए । उनले यसका विकासका लागि अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका उपाध्यक्ष नारायण गौतमले प्राडा मोतीलाल पराजुलीको सपना साकार बनाउन आफूहरु लागेको बताए । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका सचिव विश्वनाथ पौडेलले सबै एकजुट भएर अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए ।

पञ्चासे प्राज्ञ मञ्चको प्रथम अधिवेशनले गंगाधर तिमिल्सिनाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण गौतम, सचिव विश्वनाथ पौडेल र कोषाध्यक्षमा घनश्याम पौडेल छन् । सदस्यममा जीवनाथ लामिछाने, सेतुमाया पराजुली, मीनबहादुर गुरुङ, गंगाधर चापागाईं र यज्ञ तिमिल्सिना छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width