पोखराको खुँडेपोखरीमा डुबेर ४ वर्षे बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७९
suhan

पोखरा । पोखरा ५ पस्र्याङमा रहेको खुँडेपोखरीमा डुबेर ४ वर्षे बालकको निधन भएको छ । पर्वत घर भइ पस्र्याङ धारापानीमा बस्दै आएका ४ वर्षीय सुहान केसी डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुहान सोमबार साँझदेखि घरबाट हराइरहेका थिए । साँझ ७ बजेतिर खेल्न निस्केका उनी राति अबेरसम्म नभेटिएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।

प्रहरीको टोलीले उनको शव मंगलबार दिउँसो भेटेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width