वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७९
accident-syangja

पोखरा । स्याङ्जाको वालिङमा आइतबार ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीखोलातिर आउँदै गरेको ग१त ६८८६ नम्बरको ट्याक्टर वालिङ ६ को आम्डालीमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका चालक चापाकोट २ का नविन सुनार र त्यसमा सवार सहचालक वालिङ ८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो ।

ढुंगा बोकेको ट्याक्टर आइतबार राति अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width