दीक्षन्तको अघिल्लो दिन विद्यार्थी परे बस दुर्घटनमा, ४२ जना घाइते, ३ जना गम्भीर

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७९
accident

तस्बिर : सन्दीप पाैडेल

पोखरा । पोखरको डाँडाको नाक नजिकै बस दुर्घटना हुँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । ग२ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवामा दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेका सबैको तत्काल उद्धार गरी उपचारका लाग अस्पताल पठाइएको छ । दुर्घटनामा परेका ३ जनाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार पोखरा पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह हो ।

उक्त बसमा सोही विश्विद्यालयका विद्यार्थी सवार थिए । दीक्षान्तका लागि गाउन लिएर फर्कंदै गर्दा बस दुर्घटनामा परेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width