गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
archery

पोखरा। गण्डकी प्रदेशस्तरीय दोस्रो खुला आर्चरी प्रतियोगिता पोखरामा शुक्रबारदेखि सुरु भएको छ ।

पोखरा रंगशालाको आर्चरी खेल मैदानमा २ दिनसम्म संचालन चल्ने प्रतियोगिताको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे । उनले हरेक कुरा सफल हुन शारीरिक रूपमा स्वस्थ हुन आवश्यक भएको बताए ।

कास्की जिल्ला आर्चरी संघ अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरूङ, परिषदका कावा सदस्यसचिव घनश्याम पौडेल, संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा खेलाडीहरुको साथमा गण्डकी प्रदेशका सांसदहरु प्रकाश बराल र विकल शेरचनलाई समेत सम्मान गरिएको थियो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपूर्ण आर्चरी क्लबको ब्यबस्थापन संचालन हुने भएको उक्त प्रतियोगिताको सहआयोजक कास्की जिल्ला आर्चरी संघ हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी, पर्वत र कास्कीबाट ८९ जना खेलाडीहरुको सहभागिता भएकोे कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । रिकर्भ ओपन पुरुष र महिला र स्टाण्डर्ट पुरुषतर्फको सिंगल खुला प्रतिस्पर्धा भएको अध्यक्ष शेरचनले जनाए । रिकर्भ ओपन ७० र स्टाण्डर्ट ३० मी. को दुरीमा हुनेछ ।

भेट्रान्स पुरुषतर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ । शुक्रबार भेट्रान्सतर्फ म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भएका छन् । प्रतियोगितामा कास्कीका हिरामान लालचन दोश्रो र म्याग्दीकै भीमेन्द्रमान पुन तेश्रो भएका छन् ।

रिकर्भ खुला पुरुषमा कास्कीका सुमन गुरुङले ५ सय ९५ अंक बटुल्दै अग्रस्थानमा छन् । कास्कीकै अशिम शेरचनले ५ सय ८८ अंक ल्याउँदै दोश्रो स्थानमा रहे भने कास्कीकै दुर्गा घर्तिमगर ५ सय ५७ अंकसहित तेश्रो छन् ।

पुरुष स्टाण्डर्टतर्फ बागलुङका हिकमत पुरी अग्रस्थानमा रहेका छन् भने कास्कीका ३ सय २७ अंकसहित रविन थापा र कास्कीकै प्रदीप पुर्जा ३ सय २७ अंक सहित दोश्रो स्थानमा छन्। रिकर्भ खुला महिलामा पहिलो दिनको खेलमा कास्कीका खेलाडीहरु अग्रस्थानमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width