जनकल्याण माविलाई राष्ट्रपति रनिङ सिल्ड

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७९
running shield janakalyan.

लमजुङ । बेंसीसहर नगरपालिकाद्वारा संचालित पाँचौं नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा ११ चितीस्थित जनकल्याण मावि च्याम्पियन भएको छ । ९ स्वर्ण, ६ रजतसहित समग्रमा जनकल्याण च्याम्पियन हुन सफल भएको हो ।

त्यस्तै, ८ स्वर्ण र ७ रजतसहित जनविकास मावि दोस्रो भयो । ५ स्वर्ण र ६ रजतसहित जनकल्याण मावि बेंसीसहर–१ उदीपुर तेस्रो भएको आयोजक नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
भलिबलतर्फ छात्रछात्रा दुवैतर्फको खेल बेसीसहरस्थित जनविकास मावि पहिलो भएको थियो ।

छात्रतर्फ जनकल्याण मावि चिती दोस्रो र छात्रातर्फ भूपू सैनिक बोर्डिङ स्कुल बेंसीसहर दोस्रो भयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालका अनुसार नगरस्तरीय प्रतियोगितामा प्रथम र द्वितीय हुन सफल खेलाडीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने छ । प्रतियोगीतामा ३५ विधाका खेलमा २२ विद्यालय सहभागी थिए ।

कराते, भलिबल, ज्याब्लीङथ्रो, सटफुट, हाइजम्प, लङजम्प लगायत १७ विधाको खेलमा प्रतिस्पर्धा गराएको थियो । प्रतियोगितामा विजयीलाई बेंसीसहर नगरपालिकाका शिक्षा शाखा प्रमुख किसानराज चिलुवालले पुरस्कार वितरण गरेका हुन् ।

जनविकास मावि बेंसीसहरका जीतबहादुर कोइरालाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन खेल शिक्षक राजु राउतले गरेका थिए । उनका अनुसार प्रतियोगितामा भाग लिएकामध्ये ८ विद्यालयले एउटै पनि पदक जित्न सकेनन् । ३ दिनसम्म चलेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख गुमानसिंह अर्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width