फोर्जुङ गाउँ चिनाउने म्युजिक भिडियो

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७९
Forjun Gau 79

लमजुङ । लमजुङको फोर्जुङको गाउँ चिनारी म्युजिक भिडियो विमोचन गरिएको छ । दोर्दी गाँउपालिका– ५ स्थित फोर्जुङ गाउँको पर्यटन प्रवद्र्धनका लागि ६ लाख खर्चेर गुरुङ भाषामा आधारित म्युजिक भिडियो निर्माण गरिएको हो ।

दोर्दी गाउँपालिका– ५ का वडा अध्यक्ष कुमराज गुरुङले एक कार्यक्रमका बीच उक्त म्युजिक भिडियोको गरेका हुन् । वडाध्यक्ष गुरुङले गाउँको ऐतिहासिक, पर्यटकीय स्थलहरु, संस्कृति झल्कने यस भिडियो मार्फत देशविदेशमा फुर्जुङ गाउँको प्रचार हुने विश्वास व्यक्त गरे । युट्युब मार्फत् जहाँ बसेर पनि हेर्न मिल्ने भएकाले यसले गाँउको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुग्ने धारणा वडाअध्यक्ष गुरुङले व्यक्त गर्दै गाउँको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

उक्त म्युजिक भिडियोमा स्थानीय गौचन गुरुङको शब्द तथा गायिका ममता गुरुङको स्वर छ । खुसबहादुर गुरुङको निर्देशनमा निर्मित् भिडियोमा संगीततर्फ ओमन गुरुङ र गणेश गुरुङको नृत्य निर्देशन रहेको छ । सो भिडियोमा स्थानीय कलाकार दिलकुमारी गुरुङ र सिमान गुरुङले अभियन गरेका छन् ।

उक्त म्युजिक भिडियो ६ लाख खर्चेर निर्माण गरिएको संयोजक गौचन गुरुङले बताए । उनका अनुसार उक्त भिडियोको शुभेच्छुक फिल्म प्रोडक्सन प्रालिको युट्युब च्यानलमा रिलिज गर्ने तयारी छ । उनले भने, ‘सो भिडियो निमार्णका लागि स्थानीय आमा समूह, देश विदेशमा रहेको स्थानीयबाट सहयोग प्राप्त भएको थियो ।’

भिडिओ निर्माण संयोजक एवं रचनाकार गौचन गुरुङको अध्यक्षता भएको विमोचन कार्यक्रममा फोर्जुङ टोल सुधार समितिका संयोजक अमर गुरुङ, नृत्य निर्देशक ओमन गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा कुवापानी देवी आमा समूहका अध्यक्ष कुमारी गुरुङ, फोर्जुङ टोल सुधार समितिका सचिव सुरेश गुरुङ, गायक थमन गुरुङ, म्युजिक भिडियो निमार्ण समूह, गुरुङ चलचित्रकर्मी र स्थानीयको सभागिता थियो । कार्यक्रमको सञ्चालन स्थानीय विकल गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • पोखरामा मोडल र्‍याम्प

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । नयाँ–नयाँ पहिरनमा सजिएका मोडल र्‍याम्प उत्रिएका छन् । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको तेस्रो हेरिटेज अफ फेसन नेपालमा ख्याति…
  • मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । नेपाली र मगर भाषामा निर्मित कथानक चलचित्र ‘उखान’ आगामी चैतमा पोखरामा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले शुक्रबार…
  • शर्मिला वाइवाले विष खाइन्

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७९
    पोखरा । सामाजिक सञ्जालमा भाइरल अभियन्ता शर्मिला वाइवाले विष सेवन गरेकी छन् । काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा गएराति विष सेवन…

hero news full width