सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक

आदर्श समाज सम्वाददाता
माघ २९, २०७९
samsung-galaxy-s-23

पोखरा । सामसुङको ग्यालेक्सी एस २३ सिरिज पोखरामा सार्वजनिक गरिएको छ । पोखरामा आइतबार एस २३, प्लस र अल्ट्रा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङ, आइएमएस ग्रुपका जनरल म्यानेजर कैलाश ऐर र सामसुङका प्रोजेक्ट म्यानेजर सृष्टि शाक्यले मोबाइल सार्वजनिक गरेका हुन् । सार्वजनिक एस २३ सिरिजमा शक्तिशाली क्यामेरा साथै उत्कृष्ट गेमिङ फिचर पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

सामसुङको नयाँ ग्यालेक्सी २३ को आधारभूत मूल्यमा ग्यालेक्सी एस २३, मध्यम मूल्यमा ग्यालेक्सी २३ प्लस र सिरिजको सबैभन्दा उच्च मूल्यमा एस २३ अल्ट्रा छ । कम्पनीको अनुसार एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ । पोखरामा पनि सिरिजमा समावेश मोडेलको प्रिबुकिङ सुरु भएको छ ।

सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको ¥याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ । यस्तै दोश्रोमा १२ जिबीको ¥याम र ५१२ जिबीको मेमोरी छ भने तेश्रोमा १२ जिबीको ¥याम र २५६ जिबीको मेमोरी उपलब्ध छ । ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको ¥याम र २५६ जिबीको मेमोरी तथा अर्काे मोडेलमा ८ जिबी ¥याम र ५१२ जिबी मेमोरी छ । आधारभूत ग्यालेक्सी एस २३ मा ८ जिबी ¥याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी ¥याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।

सामसुङको यस सिरिजको मुख्य विशेषताको रुपमा क्यामरा फिचर्समा छ । कम्पनीका अनुसार ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगा पिक्सलको मुख्य क्यामरा छ । क्यामरामा रहेको एडाप्टिभ पिक्सल सेन्सरको कारण यस मोडेल मार्फत उत्कृष्ट लो लाईट फोटोग्राफी प्राप्त गर्न सकिन्छ । लोलाट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन सामसुङले क्वालकोमसँग सहकार्य गरी आफ्नै चिप सेट प्रयोग गरेको कम्पनीले जनाएको छ । एस २३ अल्ट्रा मा रहेको एस्ट्रो हाइपरल्याप्स नामक फिचर प्रयोग गरेर ताराहरुको गति जस्तै केही निश्चित समयको दृश्य खिच्न सकिनेछ ।

यसका लागि थप कुनै उपकरण प्रयोग गर्नुपर्दैन । सामसुङको यो सिरिज गेमिङको लागि पनि उपयुक्त मानिएको छ । सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च छ । एस २३ अल्ट्रामा रहेको ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री, एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री तथा स्नायापड्रागनको ८ गेन २ प्रोसेसर कारण यो गेमिङ सेक्सनमा पनि प्रभावकारी बन्न सफल भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width