गण्डकी स्पोट्र्स क्लबमा उमेश

आदर्श समाज सम्वाददाता
माघ २६, २०७९
gsc 1

पोखरा । गण्डकी स्पोट्र्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् ।

सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा (इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् ।

२०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप आयोजना गरेको थियो । क्लबले क्षेत्रीयस्तरमा ४ संस्करणसम्म क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । बुद्ध जयन्ती अवसरमा क्लबले ४ पटक जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुदका गतिविधि जनस्तरसम्म पु¥याउन विभिन्न गतिविधि गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘विगतमा हामीले फुटबल, क्रिकेट, भलिबल प्रतियोगिताहरु गरिसकेका छौं ।

यसलाई अझ व्यवस्थित बनाउँदै स्पोर्टस् एकेडेमीको अवधारणामा अघि बढ्ने छौं ।’ भावी दिनमा महिला र बालबालिका केन्द्रित प्रतियोगिता र खेलकुद गतिविधिसमेत गर्ने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width