पोखरा । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा.अनिलविक्रम कार्की फराकिलो अन्तरले विजयी भएका छन् । उनले ३ हजार ५ सय ३७ मत ल्याउँदा प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २ सय २३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २ सय ९० मत प्राप्त गरे । उपविजेता पौडेल कास्की ढिकुपोखरीका हुन् ।
मंगलबार सम्पन्न मतगणनामा १ जना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । महासचिवमा डा. सञ्जीव तिवारी २ हजार ९ सय १८ मतका साथ विजयी हुँदा डा. अमृत भुसालले १ हजार ५ सय ४१ र डा. रक्षा श्रेष्ठले १ हजार ५ सय ५ मत ल्याएकी छन् ।
गण्डकी प्रदेशमा डा. राजन शर्माले ३ हजार ३ सय २२ मतका साथ विजयी बने भने डा. विकास गौचनले २ हजार ३ सय ९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३ हजार ३ सय ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २ हजार ३ सय ८ मत ल्याए ।
मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३ हजार ८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १ हजार ५ सय ७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले १ हजार १ सय २४ मत ल्याए ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५ हजार ३ सय ५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २ हजार २ सय १४ मत ल्याए ।
सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिनकुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा. प्रमोद जोशी, सह–कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन यसअघि नै निर्विरोध भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
hero news full width
मुख्य समाचार
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
चैत्र १७, २०७९१० हजार नपाएको झोंकमा हत्या !
चैत्र १६, २०७९