पोखरा । हिमालय आँखा अस्पतालमा स्वास्थ्य सामग्री खरिदका लागि जापाने सहयोग गर्ने भएको छ । स्वास्थ्य सामग्री सहयोगबारे सम्झौतामा मंगलबार अस्पताल प्रशासन र जापानी राजदूतबीच काठमाडौंमा सम्झौता भएको छ ।
जापानी दूतावास काठमाडौंमा आयोजित समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका र अस्पतालकी निर्देशक डा. एलिया श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । निर्देशक श्रेष्ठले ग्रामीण भेगमा हुने आँखा शिविरका लागि आश्यक उपकरण खरिदमा रकम खर्च गरिने जानकारी गराइन् ।
स्वास्थ्य सामग्र खरिदका लागि जापानले ६० हजार २ सय ८९ अमेरिकी डलर अर्थात् करिब ७६ लाख नेपाली रुपैयाँ प्रदान गर्नेछ । यो रकम जापानको समुदायको सुरक्षाको लागि अनुदान सहायता परियोजनाअन्तर्गतको हो ।
आई केयर फाउन्डेसन नेदरल्यान्डको अग्रसरतामा नेपाल नेत्रज्योति संघसँग मिलेर गण्डकी, धौलागिरी र कर्णाली अञ्चललाई लक्ष्य गरी विसं २०४९ मा पोखरामा हिमालय आँखा अस्पताल खुलेको हो ।
पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएका छन् ।
अस्पतालले वार्षिक ५ हजार ५ सय भन्दा बढीको आँखासम्बन्धी शल्यक्रिया गर्दै आएको छ । अस्पतालले गण्डकी र कर्णाली प्रदेशमा हरेक वर्ष २० देखि ३० वटा निशुल्क आँखा शल्यक्रिया शिविर पनि आयोजना गर्दै आएको छ । हाल पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर जनशक्ति उत्पादनका लागि स्नातक र स्नातकोत्तर तहको पढाइ पनि सुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
hero news full width
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९