काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ । रासस
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
hero news full width
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९