पोखरा, २४ माघ । पोखरामा १ माघमा भएको यती एयरलायन्स दुर्घटनाको प्रारम्भिक कारणको विवरण सार्वजनिक भएको छ । विमानका रहेका दुबै इञ्जिन प्रोपेलर (ब्लेड) फेदर हुनुलाई विमान दुर्घटनाको प्रारम्भिक कारण देखाइएको छ । यसको अर्थ प्रोपेलर (ब्लेड) निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमै रहनु भन्ने हो ।
दुर्घटनाको छानबिनको लागि गठित दुर्घटना जाँच आयोगले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो बारे जानकारी दिएको हो । सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसनको ब्यूरो (टिएसआईबी) मा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुबैको डाटा विश्लेषण र अनुसन्धानका क्रममा जहाज अवतरण गर्नेक्रममा बेस लेगमा दुबै इञ्जिनका प्रोपलरहरु फेदरमा गएको तथ्य थाहा लागेको हो । जहाजका दुबै इञ्जिन प्रोपेलर फेदरमा किन गयो ? भनी आयोगले प्राविधिक र मानवीय पक्षहरुबारे थप अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ ।
विमानले फाइनल टर्न गर्नुअघि नै बेस लेगमा फेदर भइसकेको अनुसन्धानमा देखिएको छ । दुबै इन्जिनमा बायाँतर्फ ६ र दायाँतर्पm ६ गरी रहने १२ ब्लेड नै प्रोपेलर फेदर भएको उल्लेख छ । जहाज उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउँछन् । तर उक्त विमानको फेदर हुनुलाई एरोडाइनामिक मुभमेन्ट नहुनु वा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो । यस्तो अवस्था बिरलै हुने भएकोले थप अनुसन्धानको विषय बनेको जाँच आयोगका एक सदस्यले भने।
आयोगबाट अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकोले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धान आधारमा हवाई उडानमा थप सुरक्षा अभिवृद्धि गर्न र आयागबाट सम्बन्धित निकायलाई तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपाय सम्मिलित अन्तिम सुरक्षा सिफारिसहरु सहितको प्रारम्भिक पेस गर्ने तयारी भइरहेको दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विमानको डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा टिएसआईबी सिंगापुर, बिईए फ्रान्स, टिएसबी क्यानडा, पि एण्ड डब्लु क्यानडा र ईएएसएका प्रतिनिधि समेतको सहभागितामा प्राविधिक र मानवीय पक्षको विश्लेषण भएको हो । साथै सिंगापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरुको थप अनुसन्धान भएको छ । टोली हालैमात्र नेपाल फर्केको छ ।
काठमाडौंदेखि पोखराका लागि उडेको यती एयर दुर्घटनामा चालक दलका ४ सहित यात्रु गरी ७२ जनाको ज्यान गएको थियो । सरकारले नेपाल सरकारका पूर्व सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९