पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरको संयुक्त आयोजनामा प्रशिक्षक प्रशिक्षण भएको छ । गण्डकी प्रदेशअन्तर्गतका तालिम केन्द्र, प्रशिक्षण केन्द्र, तालिम प्रतिष्ठानमा कार्यरत तालिम प्रशिक्षकको पेसागत क्षमता विकास गराउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । माघ १६ गते देखि २० गतेसम्म सञ्चालित कार्यक्रममा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, पोखरा; कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, पोखरा; पशु सेवा तालिम केन्द्र, पोखरा; गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, गण्डकी प्रदेश; शिक्षा तालिम केन्द्र, तनहुँ; स्वास्थ्य तालिम केन्द्र, पोखरा; व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखरा र पर्वत; प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, गण्डकी प्रदेश कार्यालय, पोखरा टेक्निकल स्कुल; गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान; गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा र सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, पोखराबाट २६ जना प्रशिक्षक सभागी थिए ।
गडण्की प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले उद्घाटन गरेका थिए । उनले प्रशिक्षणबाट गण्डकी प्रदेश अन्तर्गतका विभिन्न तालिम केन्द्र तथा प्रतिष्ठानहरुमा कार्यरत प्रशिक्षक कर्मचारीले प्रशिक्षणका आधारभूत सिद्धान्त, मूल्य मान्यता तथा प्रशिक्षणमा प्रयोग हुने विविध प्रकारका विधिहरुको जानकारी प्राप्त गरी तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलका सिनियर निर्देशक वसन्त सिग्देल, निर्देशक उत्तम आचार्य, उपनिर्देशक नवीन चापाचाईं तथा अनुसन्धान तथा प्रशिक्षण अधिकृत अनुप भूर्तेलले सहजीकरण गरेका थिए ।
समापन सत्रको अध्यक्षता गरेका गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले स्थापना कालदेखि नै गण्डकी प्रदेश अन्तरगतका कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्य गरिरहेको उल्लेख गरे ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आफ्ना सेवाहरुमा गुण व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । प्रतिष्ठानको गुण व्यवस्थापन प्रणालीका लागि क्वालिटी अष्ट्रियाबाट आइएसओ ९००१ः२०१५ गुणस्तर प्रमाण समेत प्राप्त भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले हालसम्म जनप्रतिनिधि र कर्मचारी गरी १४ हजारभन्दा बढीलाई लामो तथा छोटो अवधिका तालिम तथा अभिमुखीकरण प्रदान गरेको छ ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९