पोखरा । पोखरा ८ स्थित मातृभूमि बचत तथा ऋण सहकारीले १३ औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । तनहुँको भीमाद नगरपालिका २, बिरुवाको सिद्ध प्राथमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई पोसाक, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष दिनेशकुमार थापाले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था कमजोर रहेको अवस्थामा अध्ययनरत विद्यार्थीको हौसला बढाउने गरी सहकारीले गरेको अनुकरणीय काम गरेको बताए ।
उनले गाउँमा विकासको स्तरोन्नति हुँदै गइरहेको अवस्थामा पनि स्थानीय सहरमुखी हुनु तथा सम्बन्धित निकायबाट भइरहेका परिवर्तनमुखी र उत्पादनमुखी कार्यक्रमलाई पनि स्थानीयले चासो नदिनु दुखद् रहेको बताए ।
संस्थाका सल्लाहकार ईश्वरप्रसाद सुवेदीले तनहुँ सम्पर्क समाज पोखराका सदस्यद्वारा स्थापित सहकारी तनहुँकै भूगोल अथवा माृतभूमिमै आएर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगको भूमिकाबाट साक्षात्कार गर्न पाउनु नै गर्वको कुरा भएको बताए ।
किहुँ अरुणोदय मिलन समाज पोखराका अध्यक्ष कृष्णप्रसाद सिग्देलले सहरमा एकीकृत भई आफ्नो जन्मभूमिको उत्थान र संस्कृतिलाई बचाउन समाज सक्रिय रहने बताए ।
संस्थाका अध्यक्ष हरिप्रसाद खनालले संस्थाले आफ्नो स्थापना दिवसको अवसर होस् वा अन्य कुनै समयमा गरिने सामाजिक उत्तरदायित्वका कार्य निरन्तर रहने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर थापा र प्रधानाध्यापक देवका सुवेदीलगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष शिवराज पौडेलले स्वागत र सचिव बलराम गिरीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तनहुँमा ट्र्याक्टर दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९