पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा एकैदिन ४ ओटा योजना उद्घाटन गरेका छन् । उनले रुपा रिङरोडसहित २ ओटा मोटरेबल पुल र जनता माविको विद्यालय भवन सोमबार उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले रुपा गाउँपालिका वडा ३ र मध्यनेपाल नगरपालिका जोड्ने पुल १ सय ६५ मिटरको मोटरेबल पुल उद्घाटन गरे । पुरानो पृथ्वीराजमार्ग भनेर चिनिने सो सडकखण्डमा २०२२ सालमै पुल निर्माण हुनुपर्नेमा निर्माण रोकिंदै आएको थियो । सो सडकखण्डमा राजा महेन्द्र पनि हिंडेका थिए । सडक विभागद्वारा बनेको सो मोटरेबल पुलको लागत १२ करोड १३ लाख रुपैयाँ छ ।
त्यसैगरी, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयद्वारा निर्माण गरिएको रुपा रिङरोडको पहिलो खण्ड फैचोक–पोल्याङ उद्घाटन गरियो । ४१ करोड रुपैयाँ लागतमा बनेको सो सडकखण्ड बनेको हो । रिङरोड करिब १० किमी लामो छ ।
रुपा ३ र मध्यनेपाल नगरपालिका जोड्ने मोटरेबल पुल १२ करोड लागतमा बनेको हो
यस्तै, रुपा वडा ५ र पोखरा वडा ३२ जोड्ने मोटरेबल पुल पनि मुख्यमन्त्रीले उद्घाटन गरेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । सडक विभागअन्तर्गत बनेको उक्त पुल २ करोड ५७ लाख रुपैयाँ लागतमा बनेको हो ।
मुख्यमन्त्री अधिकारीले सोमबार नै रुपा ३ स्थित जनता माविको आठकोठे भवन पनि उद्घाटन गरेका छन् । उक्त भवन ८२ लाख रुपैयाँमा बनेको हो ।
योजना उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री अधिकारीले सरकारले अब उत्पादनमूलक आयआर्जनमा जोड्ने बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानले रुपाको विकासमा आफ्नो सधैं साथ रहने बताए ।
सो अवसरमा योजनाको विषयमा भौतिक पूर्वाधार विकास तथा यातायात सचिव गणेश ओस्तीले जानकारी गराएका थिए । गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सन्तोष ढुंगानाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
खेलाडी गहना होइनन्, सम्पत्ति हुन् : मुख्यमन्त्री
डिजिटल प्रविधिको सदुपयोगबाट सुशासन : प्रमुख जिटी
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९