पोखरा । पोखरामा आइतबारदेखि सुरु १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिन ८ खेल सम्पन्न भए ।
पुरानो टुँडिखेल मैदानमा सोमबार पहिलो खेलमा पृथ्वीनारायण क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ अन्तरले हरायो । निर्धारित समय गोलरहित भएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
बिटी क्लब सि र याम्दी एफसीबीच दोस्रो खेलको नतिजा पनि टाइब्रेकरबाट टुंगो लाग्यो । निर्धारित समयमा १–१ को बराबरीपछि बिटी क्लबले ट्राइबेकरमा ४–३ गोलअन्तरले जीत निकाल्यो ।
मेरो नेपाल क्लब र माइती गोर्खाजबीच खेल गोलरहित बराबरी भएकोमा ट्राइबेकरमा २–१ अन्तरले माइती गोर्खाज्ले जित्यो । यस्तै, हिमालय एफसीलाई जि नाइनले २–० ले हरायो ।
नवप्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० र ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५–२ अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरे । दिव्यज्योति क्लबलाई त्रिशक्ति क्लबले २–० अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । आठौं खेलमा शीतलज्योति क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेल संयोजक विनोद गुरुङका अनुसार मंगलबार पहिलो चरणको ६ र दोस्रो चरणका २ खेल हुने छन् ।
बुद्ध टोल युवा क्लबद्वारा आयोजित प्रतियोगिता १ फागुनसम्म चल्नेछ । विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ६१ हजार रुपैयाँ प्रदान गरिने क्लब अध्यक्ष असिम थापाले जानकारी दिए ।
उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख १ हजार पाउनेछ । सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफिसहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार र ट्रफी प्रदान गरिने छ भने अनुशासित टिमलाई ९ हजार दिइनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरा १४, १५, २७ र ३० सेमीमा
आदर्श समाजका २ सहित गण्डकीका ३ पत्रकारलाई पुरस्कार
लालीगुराँस युवा क्लबलाई उपाधि
पोखराका ‘मेस्सी’ को राष्ट्रिय टिममा डेब्यू
मालिङ कप सुरु
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०