पोखरा । पोखराका मेयर मेयर धनराज आचार्यले सोमबार न्युरोडस्थित सशुल्क पार्किङस्थलको उद्घाटन गरेका छन् ।
महानगरले आफैंले गरेको निर्णयबाट पछि हट्दै आइतबार पहिले रहेकै स्थानमा पार्किङ गर्न पाउने सूचना जारी गरेको थियो । त्यसअघि माघ १६ गते सूचना जारी गर्दै २३ गतेदेखि मुख्य बजार क्षेत्रका सडकमा पार्किङ गर्न नपाउने सूचना जारी गरेको थियो ।
त्यो समयमा नै महानगरले खाली रहेका सार्वजनिक तथा व्यक्तिका जग्गा र अँडर ग्राउन्डमा पार्किङ गर्ने बताएको थियो । ती स्थानमा सशुल्क पार्किङ गर्ने र त्यसका लागि महानगर आफैंले शुल्क निर्धारण गरेको थियो । जस अनुसार पार्किङ शुल्क २ पांग्रे सवारीका लागि प्रतिघन्टा १० रुपैयाँ र चार पांग्रेको हलुका सवारीका लागि प्रतिघन्टा ५० र मझौलाको लागि ७० रुपैयाँ निर्धारण भएको छ ।
सोहीअनुरुप तयारी गरे पनि विभिन्न संघसंस्थाको दबाबपछि पार्किङ यथावत् राख्ने सूचना गरेको थियो । सोमबार बिहानै महानगरका मेयर धनराज आचार्यले सशुल्क पार्किङको उद्घाटन गरेका छन् ।
महानगरले पार्किङ व्यवस्थापन गर्ने बताए पनि उसले शुल्कमात्रै निर्धारण गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई छाडिदिएको हो । पार्किङस्थलको उद्घाटन गर्दै मेयर आचार्यले सुन्दर र व्यवस्थित पोखरा निर्माणमा जुटेको भन्दै स्थानीयलाई पार्किङ नियमको पालना गर्न आग्रह गरेका छन् । पोखराका मेयर आचार्यले सडकमा सवारी साधनहरु राख्ने दिनहरू अब सकिँदै गएको बताए । पोखरा ९ न्युरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उनले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताएका हुन् ।
अफिस कर्मचारीले मोटरसाइकल पार्किङ गर्दा दैनिक ६० रुपैयाँभन्दा बढी बुझाउनुपर्ने छ । महानगरले तोकेको शुल्कको आलोचना हुन थालेको छ
‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौं, सडकमा अब हामीले टेन्डर गर्दैनौं, यसको अर्थ के हो भने अब सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्नुपर्छ, मेयर आचार्यले भने, ‘त्यसकारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।’ बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उनले प्रष्ट पारे ।
पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टहरुलाई पार्किङका लागि उपयोग गरिने उनले बताए । यस्तै मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गालाई समेत सम्बन्धित जग्गाधनीसँगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङकै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको उनले स्पष्ट पारे । उनकाअनुसार पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा भने अर्को व्यवस्था नभएसम्मका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
पोखरा महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानमा ५ सयभन्दा बढी साना सवारी र ४ सयभन्दा बढी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सक्ने क्षमता रहेको मेयर आचार्यले जानकारी दिए । विवरणअनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक– सभागृह चोक–न्युरोड– बिपीचोक– महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वीचोकसम्मको सडकमा २ सय ५० गाडी र ३ सय ५० मोटरसाइकल पार्किङ गरेको पाइएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका नेकपा एमाले दलकी नेता एवं वडा नं.१७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले सडकमा हुने पार्किङ व्यवस्थापन गर्ने महानगरको अभियानमा साथ दिन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गरिन् । पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा ९ बाटै शुभारम्भ गरिएको बताए ।
सडकमा गरिने पार्किङका कारण बजार अस्तव्यस्त हुने र साँघुरा सडकका कारण सडक दुर्घटनाको जोखिम बढेपछि सडकको पार्किङ विस्थापन गर्न लागिएको हो । तर, पोखरा महानगरले तोकेको शुल्कको भने आलोचना हुन थालेको छ । सो शुल्कअनुसार अफिस कर्मचारीले मोटरसाइकल पार्किङ गर्दा दैनिक ६० रुपैयाँभन्दा बढी बुझाउनुपर्ने हुन्छ ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९