पोखरा । स्याङ्जाको वालिङमा सोमबार जिप दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
सिर्सिकोट छापाबाट वालिङतर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जिप वालिङ ११, सिर्सिकोट छापामा दिउँसो दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय विजय गोतामे घाइते भएका हुन् ।
जिपमा चालकसहित ५ जना सवार रहेकोमा सिर्सिकोट छापाका गोतमेको टाउको र अनुहारमा चोट लागेको हो । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचारपछि थप जानकारीका लागि पोखरा रेफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल छन् ।
जिप सडकदेखि करिब ८ मिटर तल खसेर दुर्घटना भएको हो । जिपचालकलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन
तनहुँमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते
मोटरसाइकल दुर्घटनामा परी गोरखामा एक जनाको मृत्यु
म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९