पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६ माघमा बसेको समितिको बैठकले २३ माघदेखि लागु हुने गरेको सो निर्णयले धेरैजना आश्चर्यमा परेका थिए ।
पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडक खण्डमा सवारी चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै पार्किङ निषेध गर्ने निर्णय गरिएको थियो ।
निर्णय भए पनि यसबारे कुनै तयारी थिएन । निर्णयको भोलिपल्टै महानगर यातायात व्यवस्थापन समिति कार्यान्वयनको लागि तयारीमा जुट्यो । समितिले अन्डरग्राउन्ड खाली गर्नदेखि व्यक्तिगत र सार्वजनिक जग्गामा पार्किङका लागि स्थान खोज्न थाल्यो । समितिको करिब ४ दिनसम्मको निरीक्षणमा निर्धारित मितिदेखि नै अन्डरग्राउन्ड, सार्वजनिक र खाली रहेका व्यक्तिका जग्गामा पर्याप्त स्थान पुग्छ भन्ने निचोड थियो ।
यसैबीच, बिना अध्ययन र सल्लाह महानगरले सूचना जारी गरेको भन्दै विभिन्न संघसंस्थाको दबाब सिर्जना गर्न थाल्यो । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको व्यापक दबाबपछि महानगर सोच्न बाध्य भयो ।
न्युरोडस्थित पूर्णिमा हलको पछाडिको खाली जग्गाबाट उक्त अभियानको शुभारम्भ हुने
आइतबार सूचना जारी गर्दै महानगर आफ्नै निर्णयबाट पछि हटेको छ । पार्किङ निषेधको निर्णयलाई सरोकारवालासँगको व्यापक छलफल गरी आगामी योजना तय गरिने सूचनामार्फत महानगरले जानकारी दिएको हो । महानगरले सवारी पार्किङ निषेधको निर्णयबाट पछाडि हट्दै क्रमिकरुपमा पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको हो । पार्किङका लागि अर्काे व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले जनाएको छ ।
समिति सदस्य सन्तोष बास्तोलाले नगरसभा भएका कारण आफूहरु पछि हटेको बताए । ‘भोलि नगर सभा छ । अनि अरु संघसंस्थासँग पनि छलफल गरेर अघि बढ्ने भन्ने भएर सुचना प्रकाशित गरिएको हो,’ उनले भने, ‘हामी तयारीमा थियौं । हामी निरीक्षणमा गएर पार्किङ पुग्न भन्ने निचोड थियो । तर नगर सभा पनि प¥यो अनि सल्लाह पनि गरेर बढ्नुपर्ने अवस्था आयो ।’
तर, महानगरले सोमबारदेखि नै पार्किङ खाली गर्ने अभियानको शुभारम्भ गर्ने जानकारी दिएको छ । पोखरा महागरको नगरकार्यपालिकाको कार्यालयले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपीचोक–महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक–खण्डमा पार्किङ खाली गर्ने अभियानको शुभारम्भ हुने भनी सूचना जारी गरेको छ ।
पूर्णिमा हलको पछाडिको खाली जग्गाबाट उक्त अभियानको शुभारम्भ हुने कार्यालयले जनाएको छ । महानगरले सल्लाह पनि गर्दै जाने सडकको पार्किङलाई बिस्तारै–बिस्तारै विस्थापित गर्दै जाने महानगरको योजना रहेको छ । सरोकारवाला निकायसँग सल्लाह गर्दै जाने, सडकको पार्किङ बिस्तारै विस्थापित गर्दै जाने र तत्काललाई सडकमा पार्किङ गरिहाले कारबाही नगर्ने निर्णय भएको महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
hero news full width
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९