काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले आइतबार मनोनयन दर्ता गराएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन ।
अर्यालकोे प्रस्तावकमा राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ तथा समर्थकमा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन् ।
नेपाली कांग्रेस लगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आइतबारमात्र गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्री समेत हुन् । पर्सामा २०१३ असोज २० मा उनको जन्म भएको थियो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी थिइन् । समाजशास्त्रमा स्तातकोत्तर अर्याल विद्यावारिधिको शोधार्थी हुन् । अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेको अनुभव छ । उम्मेदवारीपछि उनले तटस्थ र निष्पक्ष भएर संविधान, कानुनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताइन् । उनले राष्ट्रियसभालाई प्रभावकारी र जनपक्षीय बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने उल्लेख गरिन् ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि १ वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का ८, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन् । १ जना स्वतन्त्र र ३ जना मनोनीत सांसद छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार १२ बजे उपाध्यक्ष चयनका लागि मिति निर्धारण गरेका थिए । बैठकमा ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ पेश गरिनेछ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
हिमालबाट ३५ टन फोहोर निकाल्ने लक्ष्य
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९