पोखरा । पोखरा १७ स्थित रातो पहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आइतबार आफ्नै परिसरमा २० औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस मनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले संग्रहालय दिवसको केक काटे भने तेजपातको बिरुवामा जलसेचन गरे । कार्यक्रममा भनाइ राख्दै उनले पर्वतीय संग्रहालय पोखरेली र नेपालीको गौरव भएको बताए । पर्यटन नेपाली अर्थतन्त्रको आधार भएको बताउँदै उनले पोखरा पर्यटकीय राजधानी बन्नैपर्छ भने ।
यसअघि कार्यक्रममा मंगलधुन र दाफा गीत प्रस्तुत गरिएको थियो । लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको दाफा भजन नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ । समय, परिस्थिति, र मौसमअनुसार गाइने दाफा भजनमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिलाई प्रस्तुत गर्ने गरिन्छ । संगीत र बोलहरु परम्परागत शास्त्रीय रागहरुमा आधारित हुन्छन् ।
कार्यक्रमबीच संग्रहालय निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेपाल पर्वतारोहण संघका पूर्व संस्थापकहरु स्व. डा. हर्क गुरुङ, स्व.कुमार खड्गविक्रम शाह र स्व. दावा नोर्बु शेर्पाको सम्झना गरिएको थियो । संग्रहालय परिसरमा रहेको राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण संघ, विश्व पर्वतारोहण संघ र एसियाली पर्वतारोहण महासंघका झण्डाहरु झण्डोत्तोलन पनि गरिएको थियो । कार्यक्रममा कीर्तिपुरको तःननि दाफा खलः लाई संग्रहालयको तर्फबाट ४० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।
१६ विद्यालयले भाग लिएको प्लस टु स्तरीय हाजिर जवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने क्रमशः मदरल्यान्ड सेकेन्डरी स्कुल, छारेपाटन मावि, सैनिक आवासीय महाविद्यालय र कुमुदिनी होम्सका विद्यार्थीलाई सो अवसरमा पुरस्कार प्रदान गरियो । निबन्ध प्रतियोगिताकी विजेता अस्मिता न्यौपानेलाई पनि कार्यक्रममा पुरस्कार दिइयो । संग्रहालयको उत्कृष्ट कर्मचारीको रुपमा जुनादेवी कुँवर सम्मानित भइन् ।
नेपाल पर्वतारोहण संघले निर्माण गरेको यो संग्रहालय सन् २००२ को मे २९ का दिन सफ्ट ओपनिङ भई सन् २००४ को फेब्रुअरी ५ तारिखका दिन औपचारिक उद्घाटन गरिएको थियो । संग्रहालयमा पर्वतीय पर्यटनमा भएका ऐतिहासिक घटनाहरुको सिलसिलेवार विवरण, पर्वतीय वातावरण र यसको संरक्षणमा गरिएका कार्यक्रमहरुको विवरण, पर्वतीय क्षेत्रमा पाइने जैविक विविधता तथा पर्वतीय पर्यटनसँग सम्बन्धित विविध विवरणहरुको सूचनामूलक जानकारीहरु प्रदर्शनीमा राखिएको छ । संग्रहालय परिसरले १ सय रोपनी र संग्रहालय भवनले मात्र साढे ६ रोपनी क्षेत्रफल ओगटेको छ । यो संग्रहालयलाई संसारकै सबैभन्दा विशाल पर्वतीय संग्रहालयको रुपमा दाबी गरिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका संयोजक ठाकुरराज पाण्डेले संग्रहालयमा वार्षिक ३ लाख हाराहारी स्वदेशी र विदेशी पर्यटकले भ्रमण गर्ने गरेको जानकारी दिए । संग्रहालयले वार्षिक रुपमा १ करोड ४३ लाख ६६ हजार रुपैयाँ आम्दानी र १ करोड ८० लाख रुपैयाँ खर्च गरेको जानकारी गराउँदै उनले अपुग रकम संघले केन्द्रबाट पूर्ति गरेको जानकारी दिए ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, संघका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ र पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले शुभकामना मन्तव्य राखे । संघका सचिव धनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले गरेकी थिइन् । ‘म्युजियम, सस्टेनेविलिटी एन्ड वेल बेइङ’ नारासहित संग्रहालय दिवस मनाइएको हो ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
हिमालबाट ३५ टन फोहोर निकाल्ने लक्ष्य
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९