पोखरा । जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार रेम विक र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।
पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले वर्ष २०७८ का लागि विक र वर्ष २०७९ का लागि पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समिति सदस्यमा संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देल र जिफान अध्यक्ष गुञ्ज गुरुङ सदस्य थिए ।
चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकीमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि पहिलो पल्ट संस्थापक अध्यक्ष सिग्देल सम्मानित भएका थिए । पुरस्कार राशि २५ हजार रुपैयाँ र सम्मानपत्र छ ।
पुरस्कृत हुनेमध्ये विक संघका पूर्व अध्यक्ष एवं पत्रकार महासंघ कास्की सहसचिव हुन् । उनी मेनसमाचार डटकममा आबद्ध छन् । त्यस्तै संघका सल्लाहकार पौडेल अन्नपूर्ण एफएममा कार्यरत छन् । उनी खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिवसमेत हुन् ।
पोखराका पुराना चलचित्रकर्मी जीतप्रसाद द्वाको चलचित्र क्षेत्रको योगदान चिरस्थायी बनाइराख्न तथा चलचित्र पत्रकारको हौसला वृद्धि निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व रहँदा २०७७ सालदेखि पुरस्कार वितरण थालिएको थियो ।
पुरस्कार संघको २८ माघमा हुने पाँचाैं अधिवेशन अवसरमा प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष सन्तोष सुवेदीले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मोडल र्याम्प
मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’
शर्मिला वाइवाले विष खाइन्
सर्वाधिक पुरस्कार राशिको रियालिटी सो
फोर्जुङ गाउँ चिनाउने म्युजिक भिडियो
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९