स्याङ्जा । वित्तीय कारोबार बुझाउन र प्रयोगमा सहज बनाउने उद्देश्यले पुतलीबजार नगरपालिकामा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा सूर्योदय क्लबकोे व्यवस्थापनमा सो तालिम भएको हो ।
तालिममा नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले तालिमले सहभागीलाई आर्थिक कारोबार गर्न सहज हुने बताए । यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सरोज अर्यालले मोबाइल बैंकिङ, इन्टरनेट बंैकिङ, एटिएम, क्रेटिड, मास्टर कार्डको उपयोगका बारेमा जानकारी गराए । आम्दानी र खर्चको सही कारोबार राख्न, घरमै बसेर बिजुली, पानी, इन्टरनेट लगायतको बिल बुझाउन, मोबाइलबाटै पैसा लिन र दिन र आफ्नो कारोबार सुरक्षित बनाउने विधिका बारेमा समेत प्रशिक्षित गराएका थिए ।
सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले तालिममा ५७ जना सहभागी रहेको बताए ।
गएको २ वर्षदेखि यहाँ नगरपालिका र युएनडिपीको आयोजनामा हरित पुनरुत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना संचालनमा रहेको परियोजना प्रमुख श्रुति श्रेष्ठले जनाइन् ।
Related News
सम्बन्धित समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९