गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
Cosmetic~rup

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा त्यस्तो अनुरोध गरिएको हो ।

संघ अध्यक्ष प्रेमप्रसाद सुवेदीले सौन्दर्यसम्बन्धी प्रशाधन मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले तिनको गुणस्तर ख्याल गरेरमात्र बिक्री गर्न आग्रह गरे । उनले कस्मेटिक सामग्री सकेसम्म स्वदेशमा नै उत्पादित बिक्री गर्न पनि व्यवसायीसँग आग्रह गरे ।

व्यवसायीहरुलाई म्याद गुज्रेका प्रशाधन बिक्री नगर्न आग्रह गर्दै उनले त्यस्ता सामग्री फिर्ता लिइदिन डिलरसँग अनुरोध गरे । नेपाल भारत सिमा नाका व्यवस्थित नहुँदा कमसल र अवैध रुपमा सौन्दर्यसम्बन्धी सामग्री नेपाल भित्रिएको र यसले सरकारको राजस्व प्रभावित हुन पुगेको उनले बताए । उनले बैंकको चर्को ब्याजका कारण व्यवसायी मारमा परेको, घर मालिकका एकतर्फी नियमले व्यवसायी मारमा परेको र कर तिर्न जाँदा अनेक झन्झट भोग्नुपरेको गुनासो सुनाए ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापतिले कार्यक्रम उद्घाटन गर्दै संघले सदैव व्यवसायीको हकहितका लागि काम गर्दै आएको बताए । उनले बैंकको चर्को ब्याज र पोखरा महानगरले लागु गर्न लागेको पार्किङसम्बन्धी नयाँ व्यवस्थाले व्यवसायी मारमा पर्ने भनाइ राखे । बिनाविकल्प महानगर अगाडि बढ्न नसक्ने उनको तर्क छ । उनले कस्मेटिक व्यवसायी संघले गर्दै आएका कार्यको सराहना गरे ।

सौन्दर्यसम्बन्धी प्रशाधन मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने

कार्यक्रममा महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै कस्मेटिक व्यवसायी संघ कास्कीकी महासचिव शारदा भुजेलले आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले गरेका कार्यहरुको सूची पेस गरिन् । चालु आवमा सम्पन्न गर्ने विभिन्न १८ कार्ययोजना उनले प्रस्तुत गरिन् । सदस्यता विस्तार, रक्तदान कार्यक्रम, संघको कोष वृद्धि, विद्यार्थी सम्मान, करसम्बन्धी सचेतना, शुभकामना आदानप्रदान, व्यावसायिक एकताका लागि अन्तरक्रिया लगायत कार्यक्रम कार्ययोजनामा समेटिएका छन् ।

यसैगरी, औद्योगिक अवलोकन भ्रमण, वैज्ञानिक घरभाडाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने, म्याद नाघेका प्रशाधन फिर्ताका लागि वितरकसँग सहजीकरण, वनभोज र भैलो कार्यक्रम संचालन, प्रदेशस्तरको व्यावसायिक संगठन स्थापना जस्ता विषय पनि महासचिवको कार्ययोजनामा छन् ।

कार्यक्रममा दश जोड दुईको पढाइमा उत्कृष्ट नजिता ल्याएका प्रशान्त भण्डारी र जेनिशा तिमिल्सिनालाई सम्मान गरिएको थियो । यसैगरी पुराना व्यवसायीको रुपमा संघका सल्लाहकार जगदीशप्रसाद अधिकारीलाई पनि सम्मान गरियो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले उनीहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा आयोजक संघका निवर्तमान अध्यक्ष उमापति ढकाल, कपडा व्यवसायी एसोसिएसन अध्यक्ष गजेन्द्रमान श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width