पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ कास्कीको नवौं अधिवेशनबाट यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
संघको उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिव सन्तोष सुवेदी, कोषाध्यक्ष नवीन भण्डारी तथा सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, नीलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले छन् । अध्यक्षबाट मनोनीत २ सदस्यमा कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल छन् ।
नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले अधिवेशन उद्घाटन गर्दै श्रमिकको हकहितको लागि सरकार गम्भीर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताए । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तीय क्षेत्रका कर्मचारीको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको दाबी गरे ।
संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचेजस्तो काम गर्न नपाएको उल्लेख गर्दै आगामी दिनमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि बढाउनु पर्ने बताए । नवनिर्वाचित अध्यक्ष रानाभाटले वित्तीय क्षेत्रका कर्मचारीले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमा उच्च पार्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यरमण पराजुलीले र संचालन सचिव यामबहादुर रानाभाटले गरेका थिए ।
सो अवसरमा ट्रेड युनियनका जन्मदाता पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९