पोखरा । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा भन्सार विन्दु तोकिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र तोकेको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार पोखरा १४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ओगटेको सबै क्षेत्र र ४ किल्लाभित्रको क्षेत्रलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्र घोषणा गरिएको हो ।
सूचनाअनुसार पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत् आयोजनासँग जोडिएको क्षेत्रले भन्सार सिमाना छुट्याएको छ । पश्चिममा काजीपोखरी, खहरे खोला र सो पारिको फलेपाटनले सिमाना छुट्याएको छ ।
उत्तरमा पृथ्वी राजमार्ग तथा हलेवी मार्गसँग जोडिएको भूभागभित्रको क्षेत्रलाई छुट्याइएको छ । दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्रले सिमाना तोक्ने सूचनामा उल्लेख छ । १ जनवरीबाट व्यावसायिक रुपमा संचालन आएकोमा अझै पनि अन्तर्राष्ट्रिय उडान भने सुरु भइसकेको छैन ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९