पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता पोखरा १८ को पीपलडाली क्लबले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा प्रथम आउने टिमले ९० हजार रुपैयाँ, द्वितीयले ४० हजार र तृत्तीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आयोजक टिमका सदस्य राजकुमार पुनले प्रतियोगितामा ३० देखि ३५ टिमको सहभागी रहने अपेक्षा राखेको जानकारी दिए । प्रतियोगितामा भाग लिन ४ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ ।
‘क्यारेम खेलले पनि भाइचारा राख्दै आएको छ । गाउँघरमा सबैभन्दा लोकप्रिय खेल पनि हो,’ पुनले भने, ‘यसैलाई प्रतियोगिताका रुपमा लैजाने र खेलाडीको सीपलाई पनि उजागर गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’
प्रतियोगिता अवधिभर खेलाडीले अपमानजनक शब्द प्रयोग गनै नपाइने, मादक पदार्थ सेवन गर्न नपाइने तथा टाढाबाट आएका खेलाडीलाई खानबस्नको समेत व्यवस्था गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९