जानकी माविको ५९ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २१, २०७९
janaki mabi

पोखरा । स्याङ्जाको गल्याङ ९ आमिलाथुमस्थित जानकी माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गल्याङका मेयर गुरुप्रसाद भट्टराईले कार्यक्रम उद्घाटन गरे । उनले शिक्षा समाजको विकासको मुख्य आधार भएकाले शिक्षाको विकासमा हामी सबैको ध्यान जानुपर्ने बताए । सबैको साझा र संयुक्त प्रयासबाट योग्य र सक्षम नागरिक उत्पादन गर्दै असल सभ्य विकसित समाज निर्माणमा सामाजिक अगुवाहरुले इमानदारितापूर्वक काम गर्नुपर्नेमा उलनले जोड दिए ।

उनले स्थानीय आवश्यकता र स्रोतलाई ख्याल गरेर शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सिँचाइ, बाटोघाटोलगायत क्षेत्रमा प्राथमिकीकरण गरी विकासको खाका तयार गर्ने प्रतिबद्धता जनाए ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदारराज आचार्य, गल्याङ नगरपालिका ९ का अध्यक्ष नामदेव खनाल, पूर्व वडाध्यक्ष हरिलाल खनाल, गल्याङ १० का अध्यक्ष मुक्ति प्रसाद खनाल, पूर्व अध्यक्ष ध्रुव शर्मा पंगेनी, विव्यस पूर्व अध्यक्ष नेत्रलाल अर्याल, भानु मावि चौधेराका प्रअ लीलाबल्लौ अर्याल, गल्याङ सञ्चार प्रालिका अध्यक्ष सूर्यप्रसाद चापागाईं, विद्यार्थीहरू आयुषा भण्डारी, कविता खनाल, निशान विक, अनिषा थापा लगायतले बोलेका थिए ।

विद्यालयका प्रअ लेखनाथ चापागाईंले शैक्षिक, भौतिक विवरणका साथै २ करोड ४२ लाख ७० हजार १ सय ६३ रूपैयाँ बराबरको आयव्याय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अक्षकोष स्थापना गर्ने र सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने चन्दादातालाई सम्मानसमेत गरिएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।

विव्यस अध्यक्ष यामप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक यामनाथ चापागाईंले स्वागत तथा सहायक प्रअ ऋषिराम भण्डारी सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width