पोखरा । पृथ्वीनारायण क्याम्पस छेउको जग्गामा साठीघरे पराजुली समाजले दाबी गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १ स्थित कित्ता नम्बर ८३३ को जग्गा आफूहरुको भएको शुक्रबार पत्रकार सम्मेलन गरी दाबी गरेको हो । जुन जग्गा पृथ्वीनारायण क्याम्पसले पनि क्याम्पसको रहेको दाबी गर्दै आएको छ ।
यसअघि पृथ्वीनारायण क्याम्पस पोखराले पत्रकार सम्मेलन नै गरेर क्याम्पसको जग्गा भूमाफियाले व्यक्तिको नाममा लैजाने प्रयास गरेको जिकिर गरेको थियो । त्यो समयमा जग्गा क्याम्पसको भए पनि पराजुलीहरुले हडप्न खोजेको क्याम्पसका प्रमुख, प्राध्यापक संघ र विद्यार्थी संघसंस्थाले आरोप लगाएका थिए ।
क्याम्पसको दाबीको जवाफमा साठीघरे पराजुली समाजले पुस २४ गते विज्ञप्ति निकालेर क्याम्पसको दाबी सफेद झूठ भएको उल्लेख गरेका थियो । क्याम्पसले पत्रकार सम्मेलन गरेर पराजुली परिवारलाई भूमाफिया भनी गरिएको टिप्पणीप्रति शुक्रबारको पत्रकार सम्मेलनमा जग्गा दाबी गर्दै आएको समाजले आक्रोश व्यक्त गरेको छ । समाजका अध्यक्ष विश्वगोपाल पराजुलीले क्याम्पसले भ्रामक र कपोलकल्पित आरोप लगाएर पराजुली परिवारको जग्गा क्याम्पस मातहत लैजाने दुस्प्रयास गरेको भन्दै आपत्ति जनाए ।
साठीघरे पराजुली समाजले पिएन क्याम्पसले दाबी गरेको जग्गा पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीले संवत् १८७७ मा लालमोहरबाट प्राप्त गरेको जग्गा भएको दाबी गरेको छ । समाजका अनुसार जग्गा प्राप्त गरेदेखि नै पराजुली परिवारले भोगचलन गर्दै आएको र २०१५ सालमा पोता लगतसमेत तिर्दै आएकाले उक्त जग्गा जिजुबाजे रत्नाखर पराजुलीकै भएको तथ्य स्पष्ट हुने जिकीर गरेको छ । पत्रकार सम्मेलनमा उनीहरुले पुराना प्रमाण सबै देखाएका थिए ।
समाजले पिएन क्याम्पसले सो जग्गा आफ्नो हो भनेर हकभोगको प्रमाण मालपोत कार्यालयमा पेस गर्न नसकेको दाबी गरेको छ । उसले क्याम्पस प्रमुख परिवर्तन भएपिच्छे सो जग्गाका बारेमा फरक फरक निर्णय गर्दै आएको दाबी गर्नुका साथै २०५५ फागुन २५ मा सो जमिनमा आफ्नो दाबी नरहेको भन्ने व्यहोराको पत्र लेखेकोसमेत स्पष्ट पारेको छ । साथै २०५६ फागुन २३ मा तत्कालीन क्याम्पस प्रमुखले भूमिसुधार मन्त्रीलाई एउटा पत्र लेखेर सो जग्गा पराजुलीहरुको हो भनी स्वीकार गर्दै मुआब्जा दिई सो जग्गा क्याम्पसको नाममा ल्याउन पत्राचार गरेको समाजका अध्यक्ष विश्वगोपाल पराजुलीले दाबी गरे ।
समाजले कास्कीको शैक्षिक विकासमा पराजुलीहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै पिएन क्याम्पसको जमिन पनि पराजुली परिवारकै लगतभित्रको जग्गा भएको जनाएको छ । अहिले विवादित देखिएको कित्ता ८३३ जग्गा भने आफूहरुको खरबारी भएको पराजुली समाजको दाबी छ ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
hero news full width
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९