गलेश्वर । रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ ।
यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त हुनुहुन्छ । उहाँ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउनुहुन्छ । एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका ४२ वर्षीय खत्री ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आउनुभएको छ । पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ । “मौसमअनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ, मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ”, उहाँले भन्नुभयो ।
जङ्गल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै स्वादिलोसमेत हुने भएकाले समय अनुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँ २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया जानुभयो । मलेसियामा तीन वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर मौरीपालन गर्नुभएका खत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक रु २० लाखको कारोबार गर्ने गरेको बताउनुभयो ।
वार्षिक एक क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । उहाँले महका अलवा मौरीसहित र खाली गरी वार्षिक एक सय मौरीका घार पनि बिक्री हुने बताउनुभयो । प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको अनुभव छ । गत वर्ष मौरीसहितका घार बिक्रीबाट मात्रै उहाँले रु १० लाख आम्दानी भएको जानकारी दिनुभयो ।
यस वर्ष चरन क्षेत्रमा राखेका ७० घार मौरीबाट दुई सय ५० किलो मह उत्पादन गर्ने अपेक्षा गरेको उहाँले सुनाउनुभयो । प्रत्येक घारमा मौरीले तीनदेखि चार किलोसम्म मह उत्पादन गर्दछ । ताजा मह रु एक हजारदेखि रु एक हजार पाँच सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । महका गोला र मौरीसहितका घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको रु १० हजार, मौरी मात्रै रु पाँच हजार र खाली घार रु तीन हजार पाँचसयमा बिक्री हुन्छ ।
बर्खाको समयमा धान र मकै, हिउँदमा तोरीबारीमा लैजाने गरेकामा पर्याप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम रहेको अर्का कृषक जीवन केसीले बताउनुभयो । उहाँले मौरीको सबैभन्दा पहिलो रोजाइ चिउरी र दोस्रो तोरीबारी रहेको जानकारी दिनुभयो । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फूल फुल्ने सबै बिरुवा अनुकूल भए पनि सबैभन्दा राम्रो तोरी र चिउरी हुने उहाँको भनाइ छ । गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको कृषकहरुको भनाइ छ ।
रत्नेचौरको तोरीबारीमा मौरी चराइरहेका कृषक केसीका अनुसार मौरीपालनबाट सोचेजस्तै आम्दानी हुने गरेको छ । उहाँले मौरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य व्यवसाय गर्न नपर्ने बताउनुभयो । हरेक मौसममा फरक फरक ठाउँमा पु¥याएर चराउनुपर्ने वाध्यता रहेको उहाँको भनाइ छ ।
बिहान चरन क्षेत्र पुगेका मौरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षति हुने गरेको कृषकले बताएका छन् । विगतमा मौरीले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै मौरीपालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताउनुभयो । म्याग्दीमा अगुवा कृषकले मौरी पालनबाटै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । एकै ठाउँमा चरन क्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँठाउँमा घार राख्ने गरिएको छ । रासस
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१