पोखरा । ‘सम्पूर्ण उद्योगी व्यवसायी एवं पीडित एक हौं’ भन्दै चर्को ब्याजविरुद्ध तीनदिने अनसन सुरु गरिएको छ । सरकारको विभेदपूर्ण आर्थिक नीतिविरुद्ध पहिलो चरणको रिले अनसन थालिएको व्यवसायीले बताएका छन् ।
बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर एक अंकमा झारिनुपर्ने, कम्तीमा २ वर्षलाई स्वेच्छिक किस्ता छनोट गर्न दिनुपर्ने, कालोधनविरुद्ध नोटबन्दी गरिनुपर्ने, व्यावसायिक सुरक्षाका लागि संक्रमणकालीन योजना ल्याउनुपर्ने, स्वर्गीय प्रेमप्रसाद आचार्य लगायतका व्यवसायीले उठाएका माग सम्बोधन हुनुपर्ने र अनुदान रकम पारदर्शी हुनुपर्ने माग व्यवसायीको छ ।
देशभरि नै विभिन्न आर्थिक दबाबका कारण आत्महत्या गर्ने क्रम बढिरहेको अवस्थामा लौरो अभियानको सहजीकरणमा गठित संयुक्त संघर्ष समितिले प्रथम चरणको अनसन चिप्लेढुंगाको मानवअधिकार चोकमा सुरु गरेको हो । सरोकारवाला तथा सरकारले माग सम्बोधन नगरे अझ सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समिति संयोजक खेम तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी, पोखरा हार्डवयर एसोसिएसन कास्कीले एक अपिल जारी गरी नगदी र मुनाफासहितको कारोबार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष पृथ्वीराज शर्मा तिमिल्सिना र महासचिव कृष्णप्रसाद कोइरालाले जारी गरेको अपिलमा आर्थिक संकट र चर्को ब्याजदरका बीच पनि लागत भन्दा कम मूल्य र त्यो पनि उधारोमा कारोबार गर्ने गरेको सुन्नमा आएको जनाउँदै व्यावसायिक संकट र व्यवसाय बन्दबाट जोगिन आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
चैत्र १७, २०७९महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
चैत्र १७, २०७९