पोखरा । बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध पोखराका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरे । समिति संयोजक पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति र सहसंयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय छन् । समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य छन् ।
संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष प्रजापतिले भने, ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने गरेकोले बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको हो । समितिले यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ ।’ उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादति गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि गरे ।
बैंक तथा वित्तीय संस्थाबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी व्यवसायीहरु मर्काम परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादति तत्काल रोकिनुपर्ने माग पनि गरे । समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समिति एवं आफूलाई दिन आग्रह गरे ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरुबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त उदास, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघ उपमहासचिव जानुका अधिकारीसहित विभिन्न बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९