गोरखपुरबाट अयोध्या पठाइयो देवशीला

आदर्श समाज सम्वाददाता
माघ १८, २०७९
shila

गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला बुधबार गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरिरहेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले धार्मिक विधि अनुसार गोरखपुरमा देवशिलाको हबन पूजाआजा गरेका थिए । मंगलबार राति गोरखपुरस्थित गोरखनाथ मन्दिरमा ल्याइएका शिलालाई स्थानीयवासीले स्वागत गरेका थिए । हवनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल भारतबीचको सांस्कृतिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

‘त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभास भएको छ,’ उनले भने, ‘राममन्दिर राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले २ देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व झन बढेको छ । बाटोमा स्वःस्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले त्यसको महत्वलाई थप उचाइमा पु¥याएको छ ।’

उनले यो कार्य सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए । शिला बिदाइ कार्यक्रममा गोरखनाथ मन्दिर प्रांगणमा स्थानीय तथा श्रद्धालुको उपस्थिति थियो । शिलाका साथ कांग्रेस नेता निधिसहित जानकी मन्दिरका महत्थ रामतपेश्वरदास, राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत हिन्दू स्वयंसेवक संघ, विश्वहिन्दू परिषद् नेपालका पदाधिकारीको सहभागिता छ ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित माघ १६ मा शिला अयोध्यातर्फ पठाइएको थियो । अयोध्यामा नेपालका तर्फबाट कांग्रेस नेता निधि र जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ ।
हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखांै श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् ।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका २ शिला माघ १५ गते जनकपुरधाम पु¥याइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width