गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

आदर्श समाज सम्वाददाता
माघ १८, २०७९
29012ADB-4F2B-4696-88C3-FEC005589D20

पोखरा । प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरुले बुधबार सपथ लिएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डा. गिरिधारि शर्मा पौडेललाई सपथ खुवाए ।
त्यसलगत्तै उपाध्यक्ष पौडेलले सदस्यद्वय डा. सुभाष अधिकारी र डा. शान्ताकुमारी खत्रीलाई सपथ खुवाए । गत आइतबारको मन्त्रिपरिषद बैठकले उनीहरुको नियुक्तिको निर्णय गरेको थियो ।
मुख्यमन्त्री खगराज अधिकारीले पुस २५ समा थप ३ मन्त्रीसहित सपथ लिए पनि योजना आयोगले पूर्णता पाउन सकेको थिएन । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले उपाध्यक्ष नियुक्त गरेका डा. पौडेल नै यसपालि फेरि दोहोरिएका छन् ।
प्रदेशको स्थितिपत्र तयार पार्नेदेखि प्रथम पञ्चवर्षीय योजनाको खाका कोरेर सार्वजनिक गर्ने काम उनै डा. पौडेलले गरेका थिए । अब त्यसलाई अन्तिम चरणमा कार्यान्वयन गर्ने जिम्मा पनि उनकै काँधमा आएको छ ।
कोरोना लगायत समस्याले कतिपय लक्ष्य पूरा गर्न कठिन देखिए पनि लक्ष्य प्राप्तिका लागि सकेसम्म मेहनत गर्ने प्रतिबद्धता डा. पौडेलले जनाए । पौडेल स्याङ्जा आँधिखोलाका हुन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पालामा माओवादी कोटाबाट सदस्य भइसकेका डा. सुभाष अधिकारी तनहुँका हुन् । डा. शान्ताकुमारी खत्री मुख्यमन्त्री अधिकारीकै क्षेत्रकी हुन् । उनी पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र र मानवशास्त्रकी उपप्राध्यापक हुन् ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width