अमरज्योतिको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १८, २०७९
amarjyoti

पोखरा । पोखरा १३ आर्वाको अमरज्योति आधारभूत विद्यालयको ४७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ श्यामले राज्यले शिक्षामा गरेको लगानीअनुरुप प्रतिफल पाउन नसकेको बताए ।

मन्त्री गुरुङले कृषि उत्पादन बढाउन अब परम्परागत शैली त्यागेर आधुनिक र वैज्ञानिक ढंगबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । नेकपा एसका पोलिटब्युरो सदस्य शिक्षाप्रेमी श्रीनाथ बरालले विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयमा शैक्षिक सुधारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । सरकारी विद्यालयहरु अब प्रतिस्पर्धामा आउन गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विमलबहादुर बरालले विद्यालयको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, पोखरा १३ की वडा सदस्य रजनी परियार, निवर्तमान प्रधानाध्यापक कृष्णप्रसाद बराल, रतन पाण्डे मावि आर्वाका प्रधानाध्यापक डिल्लीराम बराल, आर्वा विजय माविका प्रधानाध्यापक पदमादेवी बराल, वास्थला गनगने खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति आर्वाका अध्यक्ष नरबहादुर बराल, विद्यालय व्यवस्थापन समिति सदस्य सरिता अधिकारी लगायतले बोलेका थिए ।

विव्यस अध्यक्ष पदमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सोविता श्रेष्ठ र विद्यार्थी शिशिर परियारले स्वागत तथा सञ्चालन शिक्षक शान्ति परियारले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width